विप्लवको पार्टी फुटाएर नेपाल कम्युनिस्ट पार्टी (बहुमत)

विप्लवको पार्टी फुटाएर नेपाल कम्युनिस्ट पार्टी (बहुमत)

काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ। विप्लवसँग असन्तुष्ट पक्षले तीन दिनसम्म गरेको भेलाले पार्टी नाम नै परिवर्तन गर्दै छुट्टै नवौं महाधिवेशन आयोजक समिति निर्माण गरेको छ।

चितवनमा भएको विशेष राष्ट्रिय भेलाले धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय नवौं महाधिवेशन आयोजक समितिको गठन गरेको केन्द्रीय सदस्य पूर्णबहादुर सिंहले जानकारी दिए। 
नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (बहुमत) राखिएको छ। भेलाले राजनीतिक दस्तावेज पारित गरेको छ। पार्टीले वैज्ञानिक समाजवादको रणनीतिक लक्ष्य राखेको छ भने समाजवादी क्रान्तिको कार्यदिशा तयार पारेको बास्तोलाले बताए। भेलाबाट स्वाधिन संयुक्त सरकार कार्यनीति पास गरेको उनको भनाइ छ। 

स्वाधीन संयुक्त सरकार किन ? 

दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवादको प्राप्तिका लागि स्वाधीन संयुक्त सरकारको आवश्यक रहेको पार्टी फुटाउने पक्षको तर्क छ। यो पार्टीले तत्कालीन रणनीति अख्तियार गरेको बास्तोलाले बताए। राजनीतिक स्थीरता, समाजिक रूपान्तरण तथा शान्ति र समृद्धिका लागि स्वाधिन संयुक्त सरकार तत्कालिन रणनीतिक प्रस्ताव पारिएको केन्द्रीय सदस्य सिंहले जानकारी दिए। 

निर्वाचनमा फरक मत 

नेकपा (बहुमत)ले आगामी स्थानीय निर्वाचनको विषयमा फरक मत राखेको छ। उनीहरूको रणनीति न भाग लिने न बहिस्कार गर्ने अवस्थाको छ। गत चैत ४ गतेदेखि १४ गतेसम्म कपिलवस्तुमा भएको बैठकले गरेको यो निर्णयलाई यो भेला पनि सदर गरेको छ। 

परम्परागत रूपमा बहिस्कार पनि नगर्ने र चुनावमा पनि भाग नलिने नीति लिएको केन्द्रीय सदस्य सिंहले जानकारी दिए। देशभक्त र स्वच्छ छवि भएका उम्मेदवार भने भोट हाल्न सकिने उनले बताए। तर, पार्टीका नेता, कार्यकर्ता भने उम्मेदवार भएर लड्न नपाउने उनले बताए। स्थानीय निर्वाचनका विषयमा नै विप्लव र प्रकाण्डसँग यो समूह (बाँस्तोला र हेमन्तप्रकाश वली) को विवाद भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.