गाविस अध्यक्ष हुँदा गाउँ बदलेका एमसीको पालिका बदल्ने सपना

गाविस अध्यक्ष हुँदा गाउँ बदलेका एमसीको पालिका बदल्ने सपना

झिमरुक) प्यूठान : ०५४ सालमा तत्कालिन बाँदीकोट गाउँ विकास समितिको अध्यक्ष हुँदा सिंगो गाउँले विकासको पर्याय भनेर चिन्ने गर्दथ्यो, पितबहादुर एमसीलाई। जनजीविकाका सवाललाई सम्बोधन गर्नका लागि उनी जतिबेला पनि जिल्लामा विकास माग्न दौड्ने गर्दथे । 

उनको खटनपटन र जनताप्रतिको चिन्ता गाउँलेका लागि मनमा बसेको अहिले पनि सुन्न पाइन्छ । त्यसबेला गाविसमा कुल तीन लाख रुपैयाँ मात्र बजेट आउने गर्दथ्यो । गाविस अध्यक्ष हुँदा गरेको विकासको छाप गाउँलेले अहिलेपनि नभुलेको स्थानीय सुनाउँछन् । 

त्यसबेलाका ९ वटै वडामा विद्यालय स्थापना, सबै वडामा पुग्ने मोटरबाटो, टेलिफोन सेवा, बालविकास केन्द्र र ट्याक्टर हिड्ने बाटोमा ढाँडसम्म बस पुर्‍याउने काम उनकै अगुवाइमा भयो । बाँदीकोटको देउरालीसम्म कुटोकोदालो प्रयोग गरेर १२ किलोमिटर बाटो पनि उनकै नेतृत्वमा भएको स्थानीयको मनस्पटलमा छ । 

उनै एमसी अहिले झिमरुक गाउँपालिका अध्यक्षको उमेदवार बनेका छन् । मतदाताको घरदैलोमा भोट माग्न व्यस्त छन् । तत्कालिन गाविसको विकासका मोडल बनेर पहिचान बटुलेका एमसीले सिंगो गाउँपालिका अध्यक्षमा निर्वाचित भएमा पालिकाकै मुहार बदल्ने अठोट लिएको प्रतिक्रिया दिन्छन् । विकासको विगतको अनुभवलाई अहिले पुरै गाउँपालिकाको परिवर्तनमा उपयोग गर्ने उनको संकल्प छ ।

झिमरुकको विकास मोडलको दिर्घकालिन र अल्पकालिन विस्तृत परियोजना (डीपीआर) बनाएर विकास गर्ने उनको प्रतिवद्धता छ । स्थानीय खोलाहरुमा जनताको सहभागीतामा जलविद्युत्त योजना संचालन, किसान परिचपत्र, माटो परिक्षणको थालनी गरी कृषि क्षेत्रमा आमूल परिवर्तन, उत्पादनको आधारमा अनुदान, पालिका स्तरीय ५० सैयाको अस्पताल संचालन, कम्तीमा ५० जनालाई रोजगारी मिल्ने गरी स्थानीय माटो सुहाउँदो उद्योग स्थापना र प्राविधिक शिक्षालय स्थापना लगाएतका योजना उनीसँग छन् । एमसी नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका छन् । उनलाई एमालेले समेत सघाएको छ । 

को हुन् पितबहादुर एमसी ?

विद्यार्थी जीवनदेखि एमसी राजनीतिमा लागेका हुन् । उनी सुरुवाति चरणमा मसालको राजनीतिबाट आफ्नो सक्रिय हुन थाले ।  ०३० सालमा उनी अनेरास्ववियु छैंठौको इकाई कमिटी सचिव भए । ०४० सालपछि पातलो मसाल निकट अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध भएका थिए । 

०४६ सालमा नेकपा मसालको पार्टी सदस्यता लिए । ०५४ देखि ०५८ सालसम्म राजमो प्यूठानको सचिव भए । त्यसबेला राजमोको जिल्ला अध्यक्ष कृष्ण बहादुर खड्का थिए । जो अहिले पनि अध्यक्ष नै छन् । ०५८ मा त्यस पार्टीको केन्द्रिय परिषद् सदस्य र प्यूठानको सचिवालय सदस्य भएर एमसीले काम गरेका थिए ।

०५९ सालमा मसाल विभाज भएर तीन टुक्रा भयो । मोहनविक्रम सिंह, नारायणकाजी श्रेष्ठ र रामसिंह श्रीसको नेतृत्वमा पार्टी टुक्रियो । त्यसबेला एमसी रामसिंह श्रीसको नेतृत्वमा सामेल भए । ऋषि कट्टेल नेतृत्वको नेकपा एकीकृतसँग उनी जोडिए । त्यस पार्टीको एमसी पोलिटब्यूरो सदस्य भएर समेत जिम्मेवारी पुरा गरे ।

०७१ मा नेकपा एकीकृत पनि मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी भयो । त्यस पार्टीको उनी केन्द्रिय सदस्य भए । ०७२ देखि ०७५ सम्म उनी फेरी नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य भएर जिम्मेवारी निर्वाह गरे । 

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको एमसी लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य भए । हाल उनी नेकपा माओवादी केन्द्र प्यूठानको संयोजक छन् । एमसी पूर्वशिक्षक हुन् । निमावी तहको स्थायी शिक्षक पदबाट उनी २०५४ साल जेठ मा गाउँकै बलभद्र माध्यमिक विद्यालय बाँदीकोटबाट अवकाश भए । 

शिक्षणको क्रममा उनले बाँदीकोटसहित तुषारा, स्याउलीवाङ, नारीकोट र बाग्लुङको बोहोरा गाउँमा पुगेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.