रुकुममा कांग्रेस-माओवादीको संयुक्त अपिल : ‘झगडा नगरौं, स्वच्छ प्रतिस्पर्धा गरौं’

रुकुममा कांग्रेस-माओवादीको संयुक्त अपिल : ‘झगडा नगरौं, स्वच्छ प्रतिस्पर्धा गरौं’

जाजरकोट : स्थानीय तह  निर्वाचन मिति नजिकिदै गर्दा सत्ता गठबन्धन दलबीच नै दिनहुँ झडपका घटना बढ्दै जान थालेपछि रुकुम पश्चिममा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नेगरी सहमतिको प्रयास गरेका छन् । केहिदिन यता कांग्रेस र माओवादी केन्द्रका दर्जन बढी कार्यकर्ता घाइते हुनेगरी भएका झडपले यतिबेला रुकुम त्रसित बनेको छ ।

एकपछि अर्को घटना घटदै जाने श्रृङखला नरोकिएपछि जिल्लामा आयोजना गरिएको सर्वदलीय, सर्वपक्षीय बैठकमा शान्ति कायम गर्ने सहमति भएको हो । बैठकपछि  नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा भइरहेका हुलदंगा र झडपप्रति गम्भीर ध्यानाकर्षण  जनाएका छन् । 

नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओली र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले संयुक्त विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र झडप रोकेर जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धाको वातावरण सिजर्ना गर्ने सहमति भएको जनाएका हुन् ।

‘केन्द्रीय सत्ता गठबन्धनको उद्देश्य र मर्ममाथि नै प्रहार हुने गरी भइरहेका यस्ता अवाञ्छित क्रियाकलापहरूबाट शान्तिपूर्ण र स्वच्छ निर्वाचनको वातावरण निर्माणमा नकारात्मक असर पर्ने देखिएले निर्वाचन प्रचार प्रसारको सिलसिलामा एक अर्काप्रति उत्तेजक अभिव्यक्ति नदिन, संयमित रुपमा प्रस्तत हुन, मानिसहरूको भिडभाड नगराउन, युनिफर्म जस्तो देखिने पोशाक प्रयोग नगर्न, वडाभित्र अन्य वडाको व्यक्तिहरु भेला नगराउन, निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना गर्न र हाल भइरहेका झडपजन्य गतिविधिहरू तत्काल रोकी जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिष्पर्धाको वातावरण सिर्जना गर्न आ–आफ्नो पार्टी पंक्तिलाई निर्देशन गर्ने सहमति भएको छ,' अपिलमा भनिएको छ ।

आइतबार अर्थमन्त्री जनादर्न शर्मा, कांग्रेस नेता एवं पूर्वउद्योग राज्य मन्त्री गोपाल जि जङ्ग शाह, कांग्रेस केन्द्रीय सदस्य मानबहादुर नेपाली, कांग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्णबहादुर रोकाय, कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओली, राजनीतिक दलका नेताहरु, मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति भएको सर्वदलिय बैठकले यस्तो अपिल जारी गर्ने निर्णय गरेको थियो ।

एकसाता यता जिल्लाका विभिन्न ठाउँमा नेपाली कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भइरहेको छ । रुकुम पश्चिमका ६ वटा स्थानीय तहमध्ये मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा कांग्रेस र एमालेबीच तालमेल भएको छ।

मुसीकोट नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भए पनि अन्य ५ पालिकामा माओवादी केन्द्र एक्लै चुनावी प्रतिस्पर्धामा छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.