आक्रमणकारी चितुवा प्रतिवादका क्रममा मर्‍यो

आक्रमणकारी चितुवा प्रतिवादका क्रममा मर्‍यो

स्याङ्जा : हरिनास गाउँपालिका ६ क्याक्मी कोटथोकमा स्थानीयको प्रतिवादका क्रममा चितुवा मरेको छ। सोमबार बिहान बस्तीमै चितुवा आएपछि स्थानीयवासीले धपाउन खोज्दा स्थानीय ४३ वर्षीय रेशम गोतामेमाथि आक्रमण गर्न आएपछि चितुवामाथि प्रहार भएको स्थानीयको भनाइ छ। 

शौचालय नजिक पातीको झ्याङमा लुकेको चितुवालाई धपाउन खोजेका गोतामे चितुवाको आक्रमणबाट घाइते भएका छन्। गोतामेमाथि चितुवाले आक्रमण गरेपछि अरुमाथि पनि आक्रमण गर्न खोजेपछि स्थानीयले काठको दाउराले चितुवाको टाउकामा हानेको जनाएका छन्।

चितुवाबाट बच्नको लागि हत्तपत्त एक जना गाउँलेले हलोको हरिसले चितुवाको टाउकोमा प्रहार गरे। चितुवाको टाउकोमा ३ पटक प्रहारपछि चितुवा कमजोर हुँदै ढलेको प्रत्यक्षदर्शीले बताए। गोतामेको कान, टाउको र हातमा चोट छ। रगताम्मे अवस्थामा उनलाई स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि तनहुँ लगिएको थियो । उनी उपचाररत छन्।

घटना सार्वजनिक भएपछि प्रहरी र इलाका वन कार्यालय बिरुवाका टोली घटनास्थलमा पुगेर कागजी प्रक्रिया पूरा गरी मृत चितुवा डिभिजन वन कार्यालय स्याङ्जा ल्याइएको छ। पोथी जातको चितुवा १ दशमलब ६ मिटर लम्बाइ, ५२ सेमी उचाइ र १५ किलो तौलको भएको बताइएको छ। 

बनजंगल बढेसँगै यहाँका चितुवाहरु मानवबस्तीमा आउने र घरपालुवा लगायत मानव आक्रमणका क्रम बढ्दो छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.