उदयपुरमा मदिराजन्य पदार्थमा रोक

उदयपुरमा मदिराजन्य पदार्थमा रोक

उदयपुर : स्थानीय प्रशासनले मंगलबारबाट मदिराजन्य पर्दाथ विक्री वितरणमा रोक लगाएको छ। स्थानीय तह सदस्य निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय उदयपुरले राति १२ बजेदेखि लागू हुने गरी ३० गतेसम्मका लागि रोक लगाएको हो।

प्रशासनले एक सूचना प्रकाशन गर्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को परिच्छेद २ को दफा ६ (थ) वमोजिम बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो।

प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले लागू भएको रातिदेखि नै सुरक्षा निकाय परिचालनगरी त्यस्ता बिक्रीवितरण र सेवनमा रोक लगाइएको बताए। उनले आदेशपालना नगरे कानुन बमोजिम कार्वाही गरिने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.