भ्रष्टाचारमा कति मुछिए अघिल्ला जनप्रतिनिधि ?

भ्रष्टाचारमा कति मुछिए अघिल्ला जनप्रतिनिधि ?

काठमाडौं : तपाईं चुनाव लडिरहनुभएको त छैन ? जितेपछि अख्तियार नबोलाउनुहोला। पाँच वर्षअघि निर्वाचित भएका धेरै जनप्रतिनिधि भ्रष्टाचारमा मुछिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीमध्ये बढी स्थानीय तहकै छन्। कुल उजुरीको ३३ प्रतिशत त स्थानीय तहकै छ। अख्तियारले पछिल्लो एक वर्ष मात्रै ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ। जसमा २ मेयर र ३ अध्यक्ष गरी पाँच जना पालिका प्रमुख रहेको अख्यिारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। 

पाँच जनप्रतिनिधि घुससहित पक्राउ परेका थिए। जसमा १ मेयर, १ वडाध्यक्ष र ३ वडासदस्य छन्। रौतहटको देवाही गोनाहा नगरपालिकाका मेयर धमेन्द्रप्रसाद पटेल बिल भुक्तानीका क्रममा ५ लाख घुससहित पक्राउ परेका थिए। महोत्तरीको मटिहानी–५ का वडाध्यक्ष रामबहादुर महतोलाई जन्मदर्ता सिफारिस दिएबापत १० हजार घुस लिँदालिँदै अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। सर्लाहीको ईश्वपुर नगरपालिका–११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायले सिफारिस बनाइदिने भनी घुस मागेका थिए। उनीहरू १५ हजार घुससहित समातिएका थिए । काठमाडौं महानगरपालिका–१४ का वडा सदस्य बसन्त महर्जन मोही प्रमाणपत्रबापत २० हजार घुस लिँदालिँदै पक्राउ परेका थिए। 

अख्तियारका प्रवक्ता भण्डारीका अनुसार देवाही गोनाहीका मेयर धमेन्द्रप्रसाद पटेल,  रुपन्दहीको सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापा क्षेत्रीविरुद्ध मुद्दा चलाइएको छ। रामेछापको लिखु गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर खड्का, मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान र कैलालीको मोहन्यालका अध्यक्ष नवलसिंह रावलविरुद्ध मुद्दा दायर गरिएको छ। त्यस्तै अवैध चुनढुंगा उत्खनन गरेको आरोपमा मेयर थापा क्षेत्रीविरुद्ध ३ करोड ८ लाख ६९ हजार रुपैयाँको बिगोसहतिको मुद्दा चलाइएको छ। अख्तियारले चुनढुंगाको अवैध उत्खननका सम्बन्धमा मेयर थापासहित १८ जनालाई विपक्षी बनाई १ अर्ब २४ करोड ४५ लाख २६ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ। 

बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का, मोहन्यालका उपाध्यक्ष पुजादेवी बुढा मगरविरुद्ध मुद्दा हालिएको छ। सप्तरीको बलान बिहुल गाउँपालिका उपाध्यक्ष रुवी गुप्ताविरुद्ध मुद्दा हालिएको छ। यो वर्ष मात्रै १४ वडाध्यक्ष अख्तियारको फन्दामा परेका छन्। मोहन्यालकाका त सात वडाध्यक्ष परेका छन्। जसमा देवीदत्त उपाध्याय, नविन पुन मगर, खरप्रसाद अधिकारी, छविलाल हौजाली मगर, टेकबहादुर बोगटी, टिकाराम भण्डारी, नन्दराम गिरी छन्। 

हुम्लाको सर्केगाड–३ का वडाध्यक्ष गजबहादुर रावत, वीरगन्ज– १४ का वडाध्यक्ष भरतप्रसाद कुर्मी, बाग्लुङ नगरपालिकाका वडाध्यक्ष धु्रवबहादुर केसी, महोत्तरीको पिपरा–५ का वडाध्यक्ष शम्भुप्रसाद यादव, महोत्तरीकै मटिहानी नगरपालिका–५ का वडाध्यक्ष रामबहादुर महतो, स्याङजा भिरकोट–९ का वडाध्यक्ष भीमबहादुर गुरुङ, सर्लाही ईश्वरपुर नगरपालिका–११ का बडाध्यक्ष रामदुलार साहविरुद्ध मुद्दा दायर भएको छ। 

वडा सदस्य पनि भ्रष्टाचारमा मुछिएका छन्। काठमाडौं १४ का बसन्त महर्जन, वीरगन्ज–१४ का रफिक अंसारी, संजयकुमार पटेल, भिरकोट ९ का कुलबहादुर गुरुङ, ईश्वरपुर–११ का सोनेलाल साह रौनियार र उमेश राय छन्। मोह्न्यालका गाउँकार्यपालिका सदस्यहरू राधिका दमाई, तारा शर्मा, बिशालकुमार पहराई र बलान बिहुल गाउँपालिकाका हरिप्रसाद मोची पनि मुद्दामा मुछिएका छन्। 

नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु उजुरी पर्नु र भ्रष्टाचार हुनु फरक–फरक विषय भएको बताउँछन्। ‘कहीँ कतै कमिकमजोरी नै भएनन् भन्न म भन्दिनँ। तर, भ्रष्टाचार मौलायो भन्नेमा सहमत छैन। उजुरी धेरै भए भन्दैमा भ्रष्टाचार प्रमाणित हुँदैन्,’ उनी भन्छन्, ‘धेरै त उजुरी दिएर बदनाम मात्रै गर्न चाहेको देखिएको छ।  हामी विधिको शासन नै चाहन्छौं। स्थानीय तह विधिकै शासनको जग बसाएका छन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.