वीरगन्ज महानगरमा उत्साहजनक मतदान, मतगणना शनिबारदेखि

वीरगन्ज महानगरमा उत्साहजनक मतदान, मतगणना शनिबारदेखि

वीरगन्ज : मधेस प्रदेशका एक मात्र महानगरमा वीरगन्जमा उत्साहजनक मतदान भएको छ। स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानमा करिब ७५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए। वीरगन्जमा २०७४ को स्थानीय तह निर्वाचनमा भने ६५ प्रतिशत मात्रै मतदान भएको थियो। 

शुक्रबार महानगरका ३२ वटै वडामा छिटफुट सामान्य विवादबाहेक शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको उनले बताए। उनले भने,‘मतदाताले पनि उत्साहका साथ सहभागीता जनाए साँझसम्म प्राप्त विवरण अनुसार ७५ प्रतिशत भन्दाबढी नै मत खसेको अनुमान छ, यकिन विवरण संकलनको काम भइरहेको छ।
 

वीरगन्ज महानगरपालिकामा कुल १ लाख २४ हजार ६ सय ४७ जना मतदाता थिए। स्थानीय तह निर्वाचनका लागि वीरगन्ज महानगरपालिकामा ५५ वटा मतदान स्थलमा १ सय ४३ वटा मतदान केन्द्र बनाइएको थियो।

वीरगन्ज महानगरपालिका वडा नम्बर २८ स्थित बगहीको मतदानस्थलमा भने शुक्रबार दिउँसो विवाद हुँदा केही बेर तनाव भएको थियो। मतदान सुरु भएको ३ घण्टापछि लाइनको विषयमा विवाद भएको थियो। बगहीस्थित महानन्दप्रसाद उपाध्याय उच्च माविमा रहेको मतदानस्थलमा दुई पक्षका कार्यकर्ताले लाइनको विषयमा विवाद सुरु गरेपछि मतदानस्थल तनावग्रस्त बनेको थियो।

प्रहरीले दुई पक्षलाई सम्झाइ बुझाइ गरेपछि भने अवस्था साम्य भइ मतदान सूचारु भएको थियो। अन्य मतदानस्थलमा भने कुनै पनि विवाद नभएको पौडेलले बताए। वीरगन्ज महानगरको मतगणना भने शनिबारदेखि मात्रै सुरु हुने उनले बताए। निर्वाचन आयोगले मतगणना शुक्रबार रातिदेखि नै सुरु हुने बताए पनि वीरगञ्ज महानगरमा भने शनिबारदेखि मात्रै मतगणना हुने भएको हो।
 
महानगरको मतगणना शुक्रबार रातिदेखि सुरु गर्न सक्ने स्थिति नै नरहेको पौडेलले बताए। ३२ वटै वडाहरुका १ सय ४३ वटा मतदान केन्द्रबाट मतपेटिका, वीरगन्ज-१४ पिपरास्थित मतगणना स्थलमा ल्याइ पुर्याउन शुक्रबार राति १२/१ बजेसम्म लाग्ने भएको उनले बताए। त्यसपछि उम्मेदवार र तीनका प्रतिनिधिसहितको सर्वदलीय सर्वपक्षीय बैठक राखेर मतगणना सहजीकरणका लागि निर्णय गर्नुपर्ने भएकाले मतगणना शनिबार देखिसुरु गरिने उनले बताए। 

पौडेलले भने,‘शुक्रबार रातिदेखि मतगणना सुरु गर्न सक्ने स्थिती नै छैन, शनिबार बिहान देखि गर्ने तयारीमा छौं। महानगरको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले वीरगन्ज-१४ पिपरास्थित नृसिंह माविको भवनलाइ मतगणनास्थल तोकेको छ। मतगणना गरिने कोठाहरुमा ८ फिट अग्लो तार जालीसहितको बार लगाइएको छ।

यस्तै निर्वाचन आयोगको निर्देशन अनुसार मतगणना हुने र मतपेटिका भण्डार गर्ने सबै कोठाहरुमागरी कुल ८ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ। ३२ वटा वडा रहेको महानगरको मतगणनाका लागि निर्वाचन कार्यालयका तर्फबाट प्रत्येक कोठामा ६/६ जनाको दरले कुल २४ जना गणक खटाइने जानकारी पनि उनले दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.