स्थानीय तह निर्वाचन २०७९ : निजी क्षेत्र उत्साहित

स्थानीय तह निर्वाचन २०७९ : निजी क्षेत्र उत्साहित

काठमाडौं : शुक्रबार सम्पन्न निर्वाचनबाट नयाँ विकासको अनुभूत गर्न पाउने निजी क्षेत्रले आशा लिएको छ। निर्वाचनले केही भएपनि आशा जगाएको उनीहरूको भनाइ छ। आधारभूत पूर्वाधार निर्माणमा जोडसँगै उद्योग, कलकारखानाको निर्वाध संचालनसँगै औद्योगिक वातावरण बन्ने अपेक्षा निजी उद्योगि÷व्यवसायीको छ। स्थानीय सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नु पर्ने एक स्वर छ। 

यस निर्वाचनले चयन गर्ने नयाँ जनप्रतिनिधिले मुलुकलाई सम्वृद्ध, र आत्मर्निभर बनाउने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले बताए। आफूले पनि यही अपेक्षासहित मतधिकारकोे प्रयोग गरेको उनको भनाइ छ।  स्थानीय तह, केन्द्र सरकार तथा उद्योगि÷व्यवसायीले औद्योगिक वातावरण निर्माणका लागि सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनको जोड छ। शान्तिपूर्वक मत खसालेको बताउने नेपालगंज–१० की मतदाता तथा उद्योगी भवानी राणाले स्थानीय निर्वाचन व्यवसायीका लागि महत्वपूर्ण हुने बताइन्। कोभिडपछिको पुनारोत्थानका लागि स्थानीय विकास र आर्थिक रुपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गरेर स्थानीय जनप्रतिनिधि अघि बढ्नुपर्ने बताइन्। 

नयाँ संविधान जारी पछिको दोस्रो स्थानीय तहको निर्वाचनले स्थानीय मुद्दालाई प्राथमिकतामा राख्न जरुरी रहेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बताए। उद्योग÷धन्दाको संचालन सिधा स्थानीय तहमा नै ठोकिने भएको हुँदा रोजगारी सृजना, पूर्वाधार विस्तार, व्यवसायको प्रबद्र्धनका लागि काम गर्न जरुरी रहेको बताए। ढकालले काठमाडौं–४ मा मत खसालेका छन्। आधारभूत पूर्वाधार शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, फोहोरमैला व्यवस्थापनमा निर्वाचित स्थानीय जनप्रतिनिधिले काम गर्नुपर्ने होटल संघ नेपाल(हान)की अध्यक्ष सृजना राणाले बताइन्। १५ नं वडामा मतदान गरेकी राणाले पर्यटन प्रबद्र्धन गर्न पनि आधारभूत पूर्वाधारको विकास हुनुपर्ने उनको तर्क छ।

नयाँ नेतृत्वसँगै नयाँ क्रियाकलाप र नयाँ ढंगले व्यापार अघि बढ्ने विश्वास नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालको छ। स्थानीय तहमा नै रौजगारी सृजना गरी वैदेशिक रोजगारीमा जाने युवालाई रोक्ने, उत्पादन बढाउनका लागि स्थानीय स्रोतहरूको परिचालन, उद्योग दर्ताका लागि एकिकृत कानुनी व्यवस्था जस्ता पक्षमा नयाँ नेतृत्वले काम गर्न जरुरी रहेको उनको भनाइ छ।  देउराली जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्मा स्थानीय निर्वाचन भनेको स्थानीय सरकारको निर्माण गर्ने बताउँदै जनताले आफ्नो स्थानीय तहको विकासको आवश्यकता परिपूर्ति गराउने प्रतिनिधि चयन गर्न जरुरी रहेको बताउँछन्। क्षमतावान जनप्रतिनिधि आउन सके नेपालको व्यवस्थापकीय खडेरी र सबै चूनौतिलाई सम्बोधन गर्न सक्ने भनाइ शर्माको छ। शर्माले काठमाडौं महानगरपालिका बाँसबारी वडा नम्बर ३ मा मत खसालेका छन्।

थापाथलीका ११ का मतदाता तथा उद्योगी पशुपति मुरारकाले यस निर्वाचनपछि सम्पूर्ण पालिकाको मूहार फेरिनुपर्ने बताउँछन्। राजधानीको स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, वातावरण प्रदुषण जस्ता मुख्य समस्याहरूको समाधान हुन जरुरी रहेको मुरारका भन्छन्। विभिन्न गाउँपालिका वा नगरपालीकाले गैरकानुनी रुपमा लगाएका करका कारण उद्योग स्थापनादेखि संचालनमा समस्या भएकोले यस्ता क्रियाकलाप अब दोहोर्‍याउन नहुने सुझाव मुरारकाको छ। ललितपुर–१६ का मतदाता तथा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्डमान श्रेष्ठ जनताले रुचाएका व्यक्ति नै जनप्रतिनिधि भएर आउने बताउँछन्। कोभिडका कारण खस्किएको हस्तकला व्यवसायलाई उकास्न पनि स्थानीय सरकारले कार्यक्रम ल्याउन पर्ने बताए। निर्यातमुखी र मौलिक पहिचानका कारण विश्वप्रसिद्ध रहेका हस्तकलालाई व्यवसायीक वातावरण दिन जरुरी रहेको 
उनको भनाइ छ।

बुढानीलकण्ठका मतदाता तथा उद्योगी सुरज वैद्य स्थानीय चुनाव सौहार्दपूण रहेको बताउँदै निर्वाचनमा चुनावी चिन्ह भन्दा पनि व्यक्ति र उसको योजना महत्वपूर्ण हुने मत राख्छन्। नेपालमा चिन्ह वा पार्टी हेरेर मात्र मत दिने चलनका कारण परिवर्तन आउन नसकेको उनको तर्क छ। उम्मेदवारको भिजन र मिसनलाई अवलोकन र आंकलन गर्ने समय नै छोटो भएको उनको गुनासो छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.