मिथिला र बटेश्वरमा कांग्रेसको अग्रता, पछ्याउँदै एमाले
ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। दुबै पालिकामा नेपाली कांग्रेसले सुरुवातीदेखि नै आफ्नो अग्रता कायम राखेको हो।
मिथिला नगरपालिकामा ५ सय मतगणना गर्दा मेयर पदका लागि नेपाली कांग्रेसले २१६ मत ल्याएर अग्रस्थानमा छन्। नेकपा एमालेले २०४ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रले ३१ र नेकपा एकीकृत समाजवादी पार्टीले ७ मत प्राप्त गरेका छन्।
मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट महेन्द्र महतो, नेकपा एमालेबाट राजाराम महतो र नेकपा माओवादी केन्द्रबाट रामकुमार महतो र नेकपा एकीकृत समाजवादीबाट सुर्यप्रसाद पुडासैनी उम्मेदवार छन्। अहिले मिथिला नगरपालिकामा वडा नं १ को मतगणना भइरहेको छ।
यस्तै बटेश्वर गाउँपालिकामा पनि ५५२ मतगणना हुँदा प्रमुखमा नेपाली कांग्रेसले २२० मतकासाथ अग्रता कायम राखेको छ। नेकपा एमालेले १४२ मत ल्याएर पछ्याइरहेका छन्। नेकपा एकीकृत समाजवादी पार्टीले ७८ र नेकपा माओवादी केन्द्रले ७३ मत पाएका छन्।
बटेश्वर गाउँपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसको तर्फबाट रामअशिष महतो, नेकपा एमालेबाट श्याम शुन्दर महतो, नेकपा एकीकृत समाजवादीबाट रामप्रबोध महतो र नेकपा माओवादी केन्द्रबाट पदम लामाले उम्मेदवार छन्।
अघिल्लो चुनावमा यी दुबै पालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको थियो।