निर्वाचन स्थगित भएको बझाङको जयपृथ्वी ७ मा मतदान जारी

निर्वाचन स्थगित भएको बझाङको जयपृथ्वी ७ मा मतदान जारी

बझाङ : झडपपछि निर्वाचन स्थगित भएको जयपृथ्वी वडा नम्बर ७ स्थित सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा मतदान सुरु भएको छ।

दोस्रोपटक भइरहेको निर्वाचनमा मतदाताहरुको उत्साजनक उपस्थिति रहेको बझाङ प्रहरी प्रमुख तथा डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए।

शनिबार सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुँदा मतपत्र समेत च्यातिएको थियो। झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो। त्यसपछि मतदान स्थगित भएको थियो।

मतदानस्थलमा  ३०० बढी सेना प्रहरी परिचालन गरि मतदान भइरहेको डीएसपी विष्टले बताए । 

मतदानस्थलमा नगर प्रमुख,उपप्रमुख उम्मेदवारहरु र राजनीतिक दलका प्रतिनिधिहरु उपस्थित छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.