सिरहा २१ मा स्वतन्त्र उम्मेदवार सुरेन्द्र मण्डल विजयी
सिरहा : सिरहा नगरपालिका २१ लगठीगोठमा नेपाली कांग्रेसका बागी उम्मेदवार सुरेन्द्रकुमार मण्डल विजयी भएका छन् ।
पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएका सुरेन्द्रकुमार मण्डल ३३ मतअन्तरले विजयी भएका हुन् ।
स्वतन्त्र रूपमा हास चुनाव चिह्न लिएर चुनाव लडेका मण्डलले चार सय ७० मत प्राप्त गरेका छन्।
कांग्रेस वडा समितिको सिफारिसमा क्षेत्रीय संसदीय समितिले मण्डललाई टिकट दिने निर्णय गरेको थियो । तर, मेयरका उम्मेदवार तथा मधेस प्रदेश महामन्त्री उपेन्द्र यादवले उनलाई टिकट दिएनन् । पार्टीबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका बालेश्वर यादवले चार सय ३७, जनता समाजवादी पार्टी नेपालका हिन्दकेश्वर लाल कर्णले चार सय १२, नेपाली कांग्रेसका ताराकान्त यादवले चार सय १२ र नेकपा एमालेकी परमेश्वरीदेवी मण्डलले दुई सय ७१ मत प्राप्त गरेका छन् ।