वीरगन्ज महानगर-३१ को वडा अध्यक्षमा एमालेको पहिलो जीत

वीरगन्ज महानगर-३१ को वडा अध्यक्षमा एमालेको पहिलो जीत

वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ को वडा अध्यक्षमा नेकपा एमालेका जीतेन्द्र यादव विजयी भएका छन्। वीरगन्ज महानगरमा यो एमालेको पहिलो जीत हो। 

यसअघि २ वटा वडाको अन्तिम नतिजा आउँदा दुबै वडा जसपाले जितेकोमा वडा नम्बर ३१ मा जीत हात पार्दै महानगरमा एमालेले पहिलो सफलता प्राप्त गरेको हो।  

मङगलबार बिहान सकिएको वडा नम्बर ३१ को मतगणनाको अन्तिम परिणाम अनुसार वडा अध्यक्षमा एमालेका यादव विजयी भएका हुन्। 

यादव १३०७ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका १२७३ मत मात्रै प्राप्त गरे। यसअघि वडा अध्यक्षमा जितेका नेपाली कांग्रेसका उम्मेदवार चुमनदास चौधरी भने ५४९ मतका साथ तेश्रो स्थानमा रहे।  

यसअघि २०७४ को निर्वाचनमा उक्त वडामा कांग्रेसका चुमनदास चौधरी ७६५ मतका साथ निर्वाचित भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.