पाँचथर तुम्बेवाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीको जीत

फिदिम : पाँचथरको तुम्बेवा गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बाबुराम खड्का र उपाध्यक्षमा माओवादी केन्द्रका खड्ग सम्बाहम्फे निर्वाचित भएका छन्। कांग्रेस तुम्बेवाका सभापति समेत रहेका खड्का निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गोबिन्दबहादुर तामाङलाई चार सय सात मतान्तरले पछि पार्दै खड्का पालिका अध्यक्षमा निर्वाचित भएका हुन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको गठवन्धन थियो। यस्तै एमालेले राप्रपा र जनता समाजवादी पार्टिसँग तालमेल गरेर चुनाव लडेको थियो।
प्रतिक्रिया दिनुहोस !
