एमालेका निवर्तमान मेयरलाई हराउँदै कांग्रेसका रत्न खड्का निर्वाचित

एमालेका निवर्तमान मेयरलाई हराउँदै कांग्रेसका रत्न खड्का निर्वाचित

जाजरकोट : जाजरकोटको छेडागाड नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रत्नबहादुर खड्का विजयी भएका छन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका खड्काले एमालेका लालबहादुर महतारालाई पराजित गदै छेडागाड नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खड्काले आठ हजार छ सय पाँच मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महताराले चार हजार ९ सय १८ मत प्राप्त गरेका छन्।

महतारा यसअघिका नगरप्रमुख हुन्। एमालेले उनैलाई पुनः उम्मेदवार बनाएको थियो भने सत्ता गठबन्धनका साझा उम्मेदवार खड्का २०७४ सालको निर्वाचनमा एमालेका महतारासँग पराजित भएका थिए।

उपप्रमुखमा सत्ता गठबन्धनकै चन्द्रबहादुर थापा अपील निर्वाचित भएका छन्। उनले सात हजार चार सय ६१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटत प्रतिद्वाद्वी एमालेकी अन्जु थापाले पाँच हजार चार सय ३६ मत प्राप्त गरेकी छन्।

१३ वटा वडा रहेको यस नगरपालिकामा चार वटा वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र पाँच वडामा, एमालेले तीन वडामा र एकिकृत समाजबादीले एक वडामा जित हासिल गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.