वीरगन्जमा गठबन्धनको अग्रता लगातार बढ्दै, एमाले ६ हजारभन्दा बढी मतले पछाडि

वीरगन्जमा गठबन्धनको अग्रता लगातार बढ्दै, एमाले ६ हजारभन्दा बढी मतले पछाडि

वीरगन्ज : मधेस प्रदेशको एक मात्र वीरगन्ज महानगरको मेयरमा सत्तागठबन्धनले एमालेसंग ६ हजारभन्दा बढीको अग्रता लिएको छ। बुधबार बिहान १०:३० सम्म २३ हजार २२९ मत गणना हुँदा मेयरमा गठबन्धनका उम्मेदवारले एमालेका उम्मेदवारभन्दा ६ हजार ३ सय ६० बढी मत प्राप्त गरेका छन्। 

गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान सिंहले ११ हजार ९९५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार विजयकुमार सरावगीले ५ हजार ६३५ मत पाएका छन्। सिंहले सरावगीसँगको मतान्तर निरन्तर बढाउँदै लगेका छन्। 
राप्रपाका उम्मेदवार गिरिश गिरीले भने ४५९ मत पाएका छन्। 

उपमेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार इम्तियाज आलमले ८४२२ मतका साथ अग्रता कायम राखेका छन्।
लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले भने १४०७ मत पाएका छन्। उपमेयरमै स्वतन्त्र उम्मेदवार रम्भा मिश्रा भने २०७ मतका साथ तेश्रो स्थानमा छिन्। स्वतन्त्र उपमेयर उम्मेदवार रम्भा मिश्राले ९७१ मत पाएकी छन्।

३२ वटा वडा रहेको वीरगन्ज महानगरपालिकामा शुक्रबार भएको मतदानमा ७३ प्रतिशत अर्थात ९४ हजार ६ सय मत खसेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.