धनुषाको बटेश्वर गाउँपालिकामा कांग्रेस विजयी, एमाले क्लिन स्वीप

धनुषाको बटेश्वर गाउँपालिकामा कांग्रेस विजयी, एमाले क्लिन स्वीप

ढल्केवर (धनुषा)  : धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। बटेश्वर गाउँपालिकामा कांग्रेस उम्मेदवार रामअशिष महतो अध्यक्ष निर्वाचित भएका हुन्।

उनले नेकपा एमालेका उम्मेदवार श्याम शुन्दर महतोलाई ९८१ मतान्तरले पराजित गरेका छन्। रामअशिषले ४ हजार १८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्धी श्यामसुन्दर महतोले ३ हजार ३७ मत पाएका छन्।

यस्तै, गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी सिंहले ३ हजार ६०१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी रेणु कुमारीले २ हजार ९५७ मत प्राप्त गरेकी छन्।

पाँचवटा वडा रहेको बटेश्वरमा चारमा कांग्रेस र एउटामा नेकपा एकीकृत समाजवादी पार्टी विजयी भएको छ।

२०७४ को स्थानीय तहको निर्वाचनमा पनि पालिका अध्यक्ष पदमा कांग्रेसबाटै चुनाव लडेका महतो एमालेका डम्बर बहादुर राउत क्षेत्रीसंग ७४ मतले पराजित भएका थिए। क्षेत्रीले २ हजार ३७७ मत ल्याएर विजयी भएका थिए भने निकटतम प्रतिद्वन्दी महतोले २ हजार ३०३ मात्र ल्याउन सकेका थिए। अघिल्लो चुनावमा अध्यक्ष र उपाध्यक्षसहित दुईवटा वडा जितेको एमालेलाई यसपटक कांग्रेसले क्लिन स्वीप गरेको छ।

यसपटक भने बटेश्वरमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसलाई जनता समाजवादी पार्टी(जसपा)ले साथ दिएको थियो। जसपाबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार रहेका राजकिशोर महतोले अन्तिम समयमा कांग्रेसका उम्मेदवार रामअशिष महतोलाई समर्थन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.