पोखरीया नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी
वीरगन्ज : पर्साको पोखरीया नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । पोखरीया नगरपालिकाको मेयरमा एमालेका प्रधुम्न चौहान विजयी भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार एवम् निवर्तमान मेयर दिपनारायण रौनीयारलाई २४३३ मतको फराकिलो मत अन्तरले पराजित गर्दै चौहान मेयरमा निर्वाचित भएका हुन् । चौहानले ५५५४ मत पाउदा कांग्रेसका उम्मेदवार रौनीयारले भने ३१२१ मत पाएका छन् ।
मेयरमा नेपाल सुशासन पार्टीका शंकर राउत अहिरले २९०९ , लोसपाका निजामुदिन समानीले २६१५ र जसपाका राजीव कुमार तेलीले ८५८ मत पाएका हुन् ।
यस्तै पोखरीयाको उपमेयरमा पनि एमालेकै रुवी कुमारी ठाकुर ५१९५ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी रेहना खातुनले ३९२९ , लोसपाकी आशाकुमारी चौहानले २४६५ र नेपाल सुशासन पार्टीकी विणा देवीले २२४९ मत पाएकी छन् ।