कांग्रेसको विरासत भत्काउँदै लोसपा विजयी

कांग्रेसको विरासत भत्काउँदै लोसपा विजयी

वीरगन्ज : नेपाली कांग्रेसको गढ भनेर चिनिएको वीरगन्ज महानगरपालिकाको वडा नम्बर ६ मा यसपाली भने कांग्रेसको विरासत भत्किएको छ। कांग्रेसी वडा भनेर चिनिको वडा नम्बर ६ मा यसपालीको निर्वाचनमा कांग्रेसको लज्जास्पद पराजय व्यवहोर्नु परको छ। 

वडा नम्बर ६ को वडा अध्यक्षमा कांग्रेसलाई हराउँदै लोसपाले जित हात पारेको हो। वडा नम्बर ६ मा लोसपाका जयप्रकाश अग्रवाल (बाङ्गे) विजयी भएका हुन्।

कांग्रेसका पूर्व जिल्ला उपसभापति एंव महाधिवेशन प्रतिनिधि समेत रहेका दिनाप्रसाद गुप्तालाई ३९१ मतले हराउँदै लोसपाका अग्रवाल वडा अध्यक्षमा निर्वाचित भएका हुन्।

बिहीबार बिहान सकिएको उक्त वडाको मतगणनाको अन्तिम परिणाम अनुसार लोसपाका उम्मेदवार अग्रवालले ९९४ मत पाउदा कांग्रेसका गुप्ताले भने ६०३ मत मात्रै पाएका छन्। एमालेका ध्रुब लाठले ३५२ र जसपाकी रमितामाया गुप्ताले १९६ मत पाएकी छन्।

वडा नम्बर ६ मा वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार पराजित भएपनि बाँकी सबै वडा सदस्यहरु भने कांग्रेसले नै जितेको छ। महिला सदस्य , दलित महिला सदस्य र दुइ खुल्ला सदस्य गरि चार वटै सदस्यमा कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका हुन्। 

यसअघि २०७४ को निर्वाचनमा वडा नम्बर ६ मा कांग्रेसका ध्रुब नेपाल वडाअध्यक्षमा विजयी भएका थिए। वडा नम्बर ६ कांग्रेसका पुर्व जिल्ला सभापति एंव संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य , नगरसभापति मणिन्द्रलाल नेपाली , पूर्व जिल्ला उपसभापति नरेन्द्र साह, नेता वीरेन्द्रलाल नेपाली लगायतका दिग्गज कांग्रेस नेताहरुको गृह वडा हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.