हजार बढी मत ल्याएर लोसपाका हरिप्रसाद मण्डल बने मटिहानीको मेयर
महोत्तरी : महोत्तरीको मटिहानी नगरपालिकाको नगरप्रमुखमा हरिप्रसाद मण्डल विजयी भएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालकोतर्फबाट उम्मेदवारी दिएका मण्डल दोस्रो पटक मटिहानीको लागि मेयरपदमा निर्वाचित भएका हुन ।
निर्वाचन अधिकृत कुलवहादुर फेडराका अनुसार मण्डलले ४ हजार ३ मत ल्याएर विजयी हुन् ।
त्यस्तै उनका निकटम प्रतिद्वन्दी जनता समाजवादी पार्टी नेपालका मोहम्मद मजिवुल रहमानले २ हजार ६७४ मत ल्याएका छन् । मण्डल १ हजार ३ सय २९ मतअन्तरले विजयी भएका हुन ।
त्यस्तै उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी मंजुदेवी ३ हजार ८ सय ६४ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्दी जसपा नेपालका जिवछी देवी यादवले २ हजार ७ सय ५१ मत ल्याएकी हुन ।
उपमेयरमा १ हजार ११३ मतान्तरले लोसपाकी मंजु विजयी भएको निर्वाचन अधिकृत फडेराले बताएको छ ।