सिरहाको कर्जन्हा नगरपालिकामा एमाले विजयी
सिरहा : सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ।
मेयरमा एमालेका भोलाप्रसाद पोखरेल विजयी भएका हुन्। उनले ३ हजर ८३९ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उनका निकटतम प्रतिस्पर्धी जसपाका केशवप्रसाद साहले ३ हजर २२३ मत ल्याएका छन्। निवर्तमान मेयरसमेत रहेका माओवादीका उम्मेदवार गंगा पासवानले २ हजार ४८२ मत पाएर तेस्रो स्थानमै सीमित बने।
यस्तै उपमेयरमा जसपाकी लक्ष्मीकुमारी श्रेष्ठ निर्वाचित भएकी छन्। उनले ३ हजार ४८७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेकी निर्मला पासवानले ३ हजार ९५ मत पाएकी छन्।
यहाँ वडा १, २, ३, १० गरी ४ वटामा एमाले, ६, ८, ९, ११ मा जसपा, ४ मा माओवादी, ५ मा नेकपा एकीकृत समाजवादी र ७ मा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा जितेका छन्।