गौशालामा लोसपाले खाता खोल्यो
गौशाला : लोकतान्त्रिक समाजवादी पार्टीले महोत्तरीको गौशालामा खाता खोलेको छ । वडा नं. १० को वडाअध्यक्षमा लोसपाका उम्मेदवार विष्णुकुमार महतो (मुकेश) विजयी भएका हुन्।
महतोले ८४६ मत प्राप्त गरी वडा नं. १० बटौवा भरतपुर अध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार मो. शेष जलीलभन्दा १६९ मत बढी ल्याएर विजयी भएका हुन् । जलीलले ६७७ मत प्राप्त गरेको छन् ।
त्यस्तै अर्का वडाअध्यक्ष नेपाली कांग्रेसका उम्मेदवार रोशन भण्डारीले १२६ मत प्राप्त गरेका थिए । जनता समाजवादी पार्टीका उम्मेदवार राजकिशोर महतोले ७६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।
१२ वडा रहेको गौशालामा जनता समाजवादी पार्टीको तर्फका ५, नेपाली कांग्रेसका ३, नेकपा माओवादीका १ र लोकतान्त्रिक समाजवादी पार्टीका १ वडाअध्यक्ष जितेको छ। अहिले वडा नं. ११ र १२ को मतगणना जारी रहेको छ ।