बारामा कांग्रेसको विजय जुलुसमा झडप, १२ जनाभन्दा बढी घाइते

बारामा कांग्रेसको विजय जुलुसमा झडप,  १२ जनाभन्दा बढी घाइते

वीरगन्ज : बाराको महागढीमाई नगरपालिकामा नेपाली कांग्रेसको विजय जुलुसमा झडप भएको छ। महागढीमाइ नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेसले जितेको छ।

आइतबार अपरान्ह नवनिर्वाचित जनप्रतिनिधिहरुका साथ कांग्रेस समर्थकहरुले निकालेको विजय जुलुस वडा नम्बर २ इनर्वा टोलको मुसहरवस्तीमा पुग्दा झडपमा परिणत भएको हो।

विजय जुलुसमा बजाइएको डिजेको विषयमा स्थानीयले विवाद गरेपछि विजय जुलुसमा सहभागीहरुले प्रतिवाद गरेपछि झडप भएको हो ।

वडा नम्बर २ को वडाध्यक्षमा नेकपा एमाले र सदस्यमा जसपाले जितेको छ।

कांग्रेसको विजय जुलुश इनर्वास्थित दलितवस्तीमा पुग्दा एमाले र जसपाका समर्थकहरुले चर्को साउण्डमा बजाइएको डिजे र अबिर लगाएको विषयमा विवाद गरेपछि झडप भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।

झडपमा दुवै पक्षका गरि बालिका, गर्भवती महिलासहित एक दर्जन घाइते भएका छन्।

यस्तै स्थानीयको घर र सवारीसाधनमा तोडफोड पनि गरिएको छ।

प्रतिकारमा उत्रिएका स्थानीय एमाले र जसपाका समर्थकहरुले विजय जुलसमा सहभागी कांग्रेसका समर्थकलाई कुटपिट पनि गरेका छन्। 

झडपमा शम्भु यादव, बलिराम प्रसाद यादव, मुक्ति प्रसाद यादव, महिन्द्र यादव, लालप्रसाद यादव, लालदेव मुसहर, रामदेव माझी मुसहर, रुपनारायण यादव, जगदेव हटवे, श्रवन यादव, मिश्री राउत, पन्नालाल यादवलगायत घाइते भएका हुन्।

विजय जुलुसमा सहभागीहरुले स्थानीयको केही घर र पसलमा लुटपाट पनि गरेको स्थानीय एमाले र जसपाका समर्थकले आरोप लगाएका छन्।

यता प्रहरीले भने कांग्रेसको विजय जुलुस परिक्रमा गर्ने क्रममा इनर्वामा जितहारको विषयलाई निहुँ बनाएर स्थानीयसँग झडप भएको बताएको छ। बाराका प्रहरी प्रवक्ता डीएसपी राजेश थापाले झडपमा ५/६ जनामात्रै सामान्य घाइते भएको र कलैयाको अस्पतालमा उपचार पछि उनिहरु घर फर्किसकेको बताए। 

घटनाका जानकारी पाए लगत्तै त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेर स्थिति नियन्त्रणमा लिएको उनले बताए। उनकाअनुसार अहिले त्यहाँको अवस्था सामान्य रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.