वीरगन्ज महानगरपालिकामा गठबन्धनबाट मेयरमा राजेशमान र उपमेयरमा आलम विजयी

वीरगन्ज महानगरपालिकामा गठबन्धनबाट मेयरमा राजेशमान र उपमेयरमा आलम विजयी

वीरगन्ज : मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरमा सत्तागठबन्धनका साझा उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् । महानगरका ३२ वटै वडाको मंगलबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार मेयरमा गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान विजयी भएका हुन् ।

नेकपा एमालेका मेयरका उम्मेदवार एवं निवर्तमान मेयर विजय सरावगीलाई २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै राजेशमान मेयरमा निर्वाचित भएका हुन् । बैशाख ३० को मतदानमा महानगरमा कूल ९३ हजार ७ सय ८२ मत खसेको थियो । मेयरमा विजयी राजेशमानले ४६ हजार २ सय १५ मत पाउँदा एमालेका सरावगीले भने २३ हजार १ सय ७१ मत पाएका छन् । 
यस्तै मेयरमा राप्रपाका उम्मेदवार गिरिश गिरीले भने ३ हजार ३ सय १३ मत पाएका छन् । 

यसअघि २०७४ को निर्वाचनमा भने वीरगन्ज महानगरको मेयरमा तत्कलीन संघीय समाजवादी फोरम र हालको जसपाबाट उम्मेदवार बनेका विजय सरावगी निर्वाचित हुँदा‍ तत्कालीन राजपाबाट उम्मेदवार बनेका राजेशमान १२ हजार १ सय ६५ मत का साथ तेस्रो स्थानमा सिमित भएका थिए । 

महानगरको उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेदवार इम्तियाज आलम विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झालाई तेब्बरभन्दा बढी मत अन्तरले पराजित गर्दै गठबन्धनबाट कांग्रेसका उम्मेदवार आलम उपमेयरमा निर्वाचित भएका हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.