भंगहामा बाह्रैमास सिँचाईको व्यवस्थापन मिलाइन्छ : नगरप्रमुख साह
महोत्तरी : नगरभरिका खेतीयोग्य जग्गामा बाह्रैमास सिँचाईको व्यवस्थापन मिलाईने भंगहा नगरपालिका मेयर संजीव साहले उद्घोष गरेका छन्।
बुधबार दोस्रो कार्यकालको लागि पदभार ग्रहण गर्दै मेयर साहले अबयस पालिकाका किसानलाई सिँचाईको लागि गुनासो गर्ने मौका कदापी नदिईने प्रतिवद्धता जनाएका छन्।
सो खेतीयोग्य जग्गाहरुमा वैकल्पिक विधि अपनाएर १२ औं महिना सिचाईको प्रबन्ध गरिने बताएका छन्। त्यस्तै मेयर साहले नगरभरिका सामुदायिक विद्यालयहरुमा कक्षा ११ र १२ मा निःशुल्क पठनपाठनको प्रवन्ध गरिने जानकारी दिएका हुन्।
नगरमा १० सैय्याको आधारभूत स्वास्थ्य संस्था संघीय सरकारको समन्वय र नगरपालिकाको पहलमा स्थापना आफ्नै कार्यकालमा गरिने धारणा राखेका छन्।
वडा कार्यालय र स्वास्थ्य चौकीहरुलाई नागरिकमैत्री बनाई अनुकुल सेवा प्रदान गर्नुको साथै नगरको प्रशासनीक भवन संघीय सरकारको सहयोगमा निर्माण गरिने नगरप्रमुख साहले धारणा राखेका छन्।