भारतीय कार्यवाहक राजदूत मुस्ताङमा

भारतीय कार्यवाहक राजदूत मुस्ताङमा

जोमसोम : नेपालका लागि भारतीय कार्यवाहक राजदूत नामग्य सी खम्पा बुधबार साँझ मुस्ताङ आएकी छन्।

खम्पासहित ८ जना परिवारिक सदस्य र ४ जना अफिसियल कर्मचारी मुस्ताङ आएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ। कार्यवाहक राजदूत खम्पा काठमाडौंबाट पोखरा हुँदै जोमसोम आएकी हुन्।

मुस्ताङ आउनुअघि खम्पाले मंगलबार भारत सरकारको अनुदान सहयोगमा पोखरा १३ ढाँडबेसीस्थित अर्वा विजय माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्‌घाटन गरेकी थिइन्।

विद्यालय भवन हस्तान्तरण गर्न पोखरा पुगेकी कार्यबाहक राजदूत खम्पा पारिवारिक धार्मिक भ्रमणसहित अन्य कार्यक्रममा सहभागी हुन मुस्ताङ आएको दूतावासले जनाएको छ।

भारतीय दूतावासको टोली जोमसोमस्थित होटल मोक्षमा बसेको छ। खम्पालेले शुक्रबार मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ। मुक्तिनाथमा उनले भारतीय राजदूतावासबाट पाँच वर्षअघि निर्माण भएको धर्मशालाको निरीक्षण तथा अवलोकन गर्ने कार्यक्रम पनि छ।

त्यसैगरी भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको उपल्लो मुस्ताङको लोमान्थाङ–३ स्थित नाम्ग्याल गुम्बा स्कुलको उद्घाटन पनि खम्पाले गर्ने कार्यक्रम छ।

सो अवसरमा कार्यवाहक राजदूत खम्पाले उक्त विद्यालयलाई उपलब्ध गराइने स्कुल बस र मुस्ताङको घरपझोङ गाउँपालिकालाई प्रदान गरिने एम्बुलेन्स हस्तान्तरण गरिने कार्यक्रम रहेको निमित्त जिल्ला समन्वय अधिकारी शिवकुमार पौडेलले बताए।

पाँच दिने मुस्ताङ भ्रमणमा आएकी खम्पासहितको टोली दुई दिन लोमान्थाङमा बस्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.