मेयर जितेको खुसियालीमा रक्तदान कार्यक्रम

मेयर जितेको खुसियालीमा रक्तदान कार्यक्रम

वीरगन्ज : वीरगन्ज महानगरको मेयरमा जसपाका राजेशमान सिंह विजयी भएको खुसियालीमा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। जसपाको वीरगन्ज महानगर कार्य समिति र साहिब दरबार सेवा संस्थानले जीतको खुसियालीमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन्। 

वीरगन्जको राणीसती अतिथि सदनमा आयोजित रक्तदान कार्यक्रममा ८ महिलासहित १ सय २६ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेमा पिंकी कुश्वाहा, कुसुम देवी, दिलिपकुमार यादव, उमेश लामा, ईश्वरचन्द यादव, जितेन्द्र सहनी, अफताब आलम, मकबुल आलम, श्रद्धा देउजा, निराजन अधिकारी, अंशु श्रेष्ठ, पिन्की कुशवाहा, कुसुम देवी, अस्मिता पराजुली, सुशीला श्रेष्ठ, ललिता श्रीवास्तव, अनिसु गुप्ता, सत्यराज घिमिरे, नवीन गुप्ता, लक्ष्मीनारायण चौधरी, राजेश महतो, निश्चल श्रेष्ठ, प्रमोद शर्मा, अमितकुमार साह, अभिमन्यु यादव, अनिल गुप्ता, जितेन्द्रकुमार सरार्फ, उमेश मानन्धर, समीर हवारी, मुकेस कुमार गुप्ता लगायतका रहेको रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तवले जानकारी दिए। 

केही समय यता वीरगन्जको रक्त सञ्चार केन्द्रमा रगतको चरम अभाव छ। रगतको अभाव हुँदा वीरगन्जका अस्पतालहरुमा जटील प्रकारका बिरामीको उपचारमा समस्या भइरहेको छ। त्यसैलाई मध्यनजर गरी जीतको खुशियाली सामाजिक सेवामा योगदान पुग्ने गरी गरिएको रक्तदान कार्यक्रममा नवनिर्वाचित मेयर सिंह, जसपाका नेता एंव सांसद प्रदीप यादव पनि पुगेर रक्तदाताहरुको हौसला बढाएका थिए। उनीहरुले रक्तदाताहरुलाई प्रमाणपत्र पनि वितरण गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.