समग्र विकासको लागि मिडियाको भूमिका आवश्यक : नगरप्रमुख महतो

समग्र विकासको लागि मिडियाको भूमिका आवश्यक : नगरप्रमुख महतो

महोत्तरी : गौशाला नगरपालिकाको समग्र विकासका लागि मिडियाको भूमिका आवश्यक रहेको नगरप्रमुख डा. दिपेन्द्र महतोले बताएका छन्। शनिबार रुपान्तरण मिडिया प्रालि गौशालाले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख महतोले सो धारणा राखेका हुन्। 

विकासको क्रममा यहाँको संचारको विकास समयअनुसार भईरहेकोले गौशालाको विकासको लागि मिडियाको भूमिका अहम रहने महतोले बताए। उनले भने, ‘समग्र विकासको साथै यहाँको मिडियाको पनि विकास हुनेछ। मैले मिडियासँग सल्लाह र सहयोग अनुसार नै नगरविकासको निम्ति कदम उठाउनेछु।’ यस्तै अर्को प्रसंगमा नगरप्रमुख महतोले नगरपालिका कार्यपालिकाको निर्णयअनुसार नै अगामी रणनीति तय हुनेछ। 

उनले नगरविकासको निम्ति आफूले कदापी एकल निर्णय नलिने उदघोष गरेका हुन्। कार्यक्रमकाबीच नगरउपप्रमुख रेणु महतोले समग्र विकास गरेर गौशालालाई विकासको पथमा अगाडि बढाईने बताईन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.