आयात प्रतिष्ठापन र निर्यात् प्रवद्र्धन गरिने
काठमाडौं : सरकारले आयात प्रतिष्ठापन गर्दै निर्यात प्रवद्र्धन गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आयात हुने वस्तु उत्पादन बढाएर प्रतिष्ठापन गर्न लागिएको बताए । यसका साथै अदुवा, अलैंची, निकासी गर्न प्रशोधन उद्योग खोल्न प्रोत्साहन गरिने बताए ।
चीनसहित तेस्रो मुलुकबाट व्यापार गर्न सहजीकरण गर्ने शर्माले बताए । प्रशोधित पानी, सूचना प्रविधिमा आधारित सेवा पहिचान गरी निर्यात गर्ने उनले बताए ।
त्यस्ता, उद्योगलाई ८ प्रतिशतसम्म नगद अनुदान दिने शर्माले घोषणा गरेका छन् ।