शिवालय गाउँ कार्यपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित

शिवालय गाउँ कार्यपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित

जाजरकोट : शिवालय गाउँकार्यपालिकाको आइतबार सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

निर्वाचनबाट नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका तीन तीन जना विजयी भएका छन्। गाँउ कार्यपालिकामा ४ जना निर्वाचित सदस्य र २ जना समावेशी खुल्ला बाट निर्वाचित गर्नुपर्ने प्रावधान रहेको छ।

गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य मतदाता हुने ब्यवस्था छ। गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेस तर्फ खुल्ला दलित/अल्पसंख्यक सदस्य पदमा शेर बहादुर नेपाली(बादी), महिला सदस्य पदमा तारा थापा मगर, पुष्पा बिक निर्बाचित भएका छन् भने नेकपा माओवादी केन्द्रबाट खुल्ला दलित/अल्पसंख्यक सदस्य पदमा लिले सुनार, महिला सदस्य पदमा भबिसरा बिसि, पार्वती बिक निर्बाचित भएका छन्।

उनीहरु सवैले वडाध्यक्ष सरह सुविधा पाउनेछन् भने कार्यपालिकाको बोर्ड सदस्यको रुपमा काम गर्नेछन्। शिवालय गाँउपालिकामा सत्ता गठबन्धनबाट अध्यक्षमा काँग्रेसका शेरबहादुर शाही र उपाध्यक्षमा माओवादी केन्द्रका गिता शाही निर्वाचित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.