दैलेखबाट जाजरकोट पुगेर राउटेलाई सामाजिक सुरक्षा भत्ता

दैलेखबाट जाजरकोट पुगेर राउटेलाई सामाजिक सुरक्षा भत्ता

जाजरकोट : गुराँस गाउँपालिका ८ नं. वडा कार्यालयले जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह बस्दै आएका राउटेहरुलाई तीन महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। गुराँस गाउँपालिका–८ का नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीको टोलीले शनिवार उक्त सुरक्षा भत्ता वितरण गरेको हो।

फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको पाँच वर्ष अघि गुराँस गाउँपालिका–८ ले स्थानीय नागरिकका रुपमा परिचयपत्र वितरण गरे यता संघीय सरकारले गुराँस गाउँपालिका ८ नं. वडा कार्यालय मार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ।

हरेक २–३ महिनामा बस्ती सर्दै गर्ने क्रममा जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह पुगेका ४० परिवारका एक सय ४४ जनालाई माघ, फागुन र चैतसमेत तीन महिनाको प्रतिव्यक्ति चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको गुराँस गाउँपालिका–८ का वडासचिव सुस्मिता खड्काले जानकारी दिए।

कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासमा हरेक २–३ महिनामा बस्ती सर्दै गर्ने राउटे समुदाय धेरै जति दैलेखमा बस्ने गरेकोले संघीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका ८ नं. वडा कार्यालय मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो।

संघीय सरकारले गुराँस गाउँपालिका ८ नं. वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता पठाउने गरेकोले राउटे समुदाय बस्ती जहाँ पुग्छन् गुराँस गाउँपालिका ८ नं. वडा कार्यालयले त्यही पुगेर सुरक्षा भत्ता वितरण गर्न थालेको छ। राउटेहरु जहाँ पुग्छन् त्यही गएर सुरक्षा भत्ता वितरण गर्ने सरकारले गुराँस गाउँपालिका ८ नं. वडा कार्यालयलाई जिम्मेवारी दिएकोमा सहज भएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हिरासिंह थापाले बताए।

राउटे समुदायलाई स्वास्थ्य सरसफाई र सामाजिक अन्तरघुलनका अभ्यास गराउन सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले राउटे उत्थान परियोजना सञ्चालन गरेको छ। दुई जना स्वास्थ्यकर्मी र दुई जना सामाजिक परिचालक पनि राउटेको बस्ती सरेसंगै राउटेहरुको आनीवानी सुधारमा सहयोग गर्ने गरेका छन्।

२०५८ मा एक सय ८० जना, २०६८ को जनगणनामा एक सय ६६ जना जनसंख्या रहेको राउटे समुदायको बारे पहिलो पटक गुराँस गाउँपालिकाले संकलन गरेको तथ्यांक अनुसार २०७४ असारमा एक सय ४९ जना रहेकोमा अहिले एक सय ४४ जना छ।

जनगणनाको तथ्यांकलाई केलाउँदा राउटे समुदायको जनसंख्या घट्दै गरेको छ। जन्मान्तर वा परिवार नियोजनको शिक्षा लिनै नचाहने राउटे समुदायको जनसंख्या घट्नुको मुख्य कारण बढ्दो मृत्यूदर हो। सिकार खेल्न जाँदा मृत्यू, खानपिन र बस्ने टहराहरुले स्वास्थ्य अनुकुल नभएको कारण मृत्यूदर बढेको अध्येताहरुको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.