धनुषामा किशोरीमाथि सामूहिक बलात्कार, चारजना पक्राउ

धनुषामा किशोरीमाथि सामूहिक बलात्कार, चारजना पक्राउ

ढल्केवर(धनुषा) :धनुषामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजानिक भएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकी एक १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरी स्रोतले जनाएको छ ।

पीडित पक्षले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले चारजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका–६ का २८ वर्षीय गणेश महतो, वडा नं ५ का ४० वर्षीय जयकुमार यादव र भारतको विहार घर भएका क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने ३० वर्षीय धर्मेन्द्र पटेल र  क्षीरेश्वरनाथ नगरपालिका-६ का ३५ वर्षीय सिकिन्द्र सासुडी रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए।

घटनामा संलग्न भनिएका अझै एकजना फरार रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। गत चैत १ गते उनीहरुले ती किशोरीलाई घरबाट मिथिला नगरपालिका–५ मा ल्याई जबरजस्ती करणी गरेका थिए ।

पीडित पक्षले जबरजस्ती करणीको आरोपमा उनीहरुमाथि इलाका प्रहरी कार्यालय ढल्केवरमा किटानी जाहेरी दिएका थिए । प्रहरीले त्यो मुद्दा जेठ ३ गते दर्ता गरेको थियो । प्रहरी स्रोतका अनुसार धनुषा जिल्ला अदालतले आरोपितविरुद्ध पक्राउ पुर्जी जारी गरेका थियो।

आरोपितमध्ये चारजना आइतबार पक्राउ परेका छन् । प्रहरीका अनुसार घटनामा संलग्न भनिएका अन्य एकजना संलग्न रहेको पीडित पक्षको दावी छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई धनुषा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.