युवतीलाई बिहेको प्रलोभन दिएर पटकपटक बलात्कार, ३ जना पक्राउ

युवतीलाई बिहेको प्रलोभन दिएर पटकपटक बलात्कार, ३ जना पक्राउ

वीरगन्ज : वीरगन्जमा एक युवतीलाइ बिहेको प्रलोभन दिइ पटकपटक जबरजस्ती करणी गरेको घटनामा संलग्नमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा मोरङको कटहरी गाउँपालिका ४ घर भइ हाल वीरगन्ज ८ स्थित एक रेष्टुरेण्टमा काम गर्ने २५ वर्षीय सुरज साह ,जुम्लाको हेमा गाउँपालिका ३ का ३५ वर्षीय हरिचन्द्रनाथ योगी र संखुवासभाको खाँदवारी नगरपालिका १० घर भइ हाल वीरगन्ज १६ मा बस्ने ४२ वर्षीया लक्ष्मी बुढाथोकी कार्की रहेका छन् । 

प्रहरीका अनुसार , काठमाडौंकी २५ वर्षीया युवतीलाई साहले विवाह गर्ने प्रलोभन दिएर जेठ ५ गते वीरगन्जमा बोलाएर बसपार्कस्थित एक होटलमा लगि पटकपटक करणी गरेपछि वीरगन्ज १६ स्थित कार्की होटलकी सञ्चालितका लक्ष्मीको जिम्मा लगाई फरार भएका थिए । 

त्यसपछि जेठ १० गते लक्ष्मीले ती पीडित युवतीलाई बिहे गर्छु भन्ने प्रलोभन दिइ वीरगन्ज १६ फुलवारी टोलमा डेरा गरी बस्ने योगीको साथमा पठाएकी थिइन् । तर, योगीले पनि ती युवतीलाई आफ्नो कोठामा लगि मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरेर कोठामै थुनेर राखेका थिए । 

जेठ १४ गते राति ती युवती कोहि नभएको मौका छोपेर त्यहाँबाट भागेर आफन्तको सम्पर्कमा आएकी थिइन् । त्यसपछि आफन्तले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरीले आइतबार वीरगन्जका विभिन्न स्थानबाट ती तीनजना आरोपितलाई पक्राउ गरेको हो । 

पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.