तारा एयरको विमान दुर्घटनामा एउटै टोलका सातजनाको मृत्यु : मृतक सबै आफन्त, सिंगो गाउँ नै शोकमा

तारा एयरको विमान दुर्घटनामा एउटै टोलका सातजनाको मृत्यु : मृतक सबै आफन्त, सिंगो गाउँ नै शोकमा

ढल्केवर(धनुषा) : आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकाको सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

उक्त जहाजमा सवार २२ जनाकै मृत्यु भएको छ ।

दुर्घटनाग्रस्त अवस्थामा भेटिएको तारा एयरको ९ एन एईटी विमानमा १३ नेपाली, ४ भारतीय, २ जर्मन नागरिक र चालकदलका तीन सदस्यसहित २२ जना सवार थिए । ती सबैको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरीले जनाएको छ ।

विमानमा धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सातजना सवार थिए ।

उनीहरु सबै आफन्त हुन् । विमानमा नेकपा एकीकृत समाजवादी पार्टीका धनुषा जिल्ला सदस्य समेत रहेका लोटाका राजन कुमार गोले, उनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ सवार थिए ।

विमानमा चढ्नुअघि सामूहिक फोटो खिचाउँदै राजन गोलेसहितका आफन्त । तस्बिर :पारिवारिक स्रोत

उनीहरु मुक्तिनाथ दर्शनका लागि आइतबार पोखराबाट जोमसोम गइरहेका थिए । काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका राजनले केही दिनअघि परिवारका सदस्यलाई मुक्तिनाथ दर्शन गराउन लैजाने योजना बनाएका थिए । सोही योजनाअनुरुप गाउँबाट आमाबुबा, मामामाइजुसहितका आफन्तलाई लिएर शुक्रबार काठमाडौंहुँदै विमानबाट शनिबार पोखरा पुगेका थिए ।

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा उनीहरुसहित १९ यात्रु बोकेर पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको थियो । सोमबार बिहान क्षतविक्षत अवस्थामा भेटिएको उक्त जहाजमा सवार चालक दलका तीन सदस्यसहित सबै यात्रुको मृत्यु भएको पुष्टि भएको छ ।

गाउँले चढेको जहाज दुर्घटनाको खबरले स्तब्ध र सुनसान बनेको लोटा गाउँ ।

हिले घटनास्थलमा नेपाली सेना, शसस्त्र प्रहरीले स्थानीयको सहयोगमा शव संकलन भइरहेको छ। मृतकहरुको शव काठमाडौं ल्याएर परिवार आफन्तको जिम्मा लगाउने तयारी रहेको बुझिएको छ ।

धनुषाको चुरेक्षेत्रमा अवस्थित लोटा गाउँ शोकमग्न भएको छ । एउटै टोलका सातजनाको मृत्युले सिंगो गाउँ नै शोकमा डुबेको छ । मृतकका परिवार र आफन्तहरुमा रुवाबासी चलेको छ ।

आइतबार लोटा गाउँका सातजना सवार विमान सम्पर्कविहीन भएको खबर पाएलगत्तै मधेस प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री शत्रुधन महतो लोटा गाउँ पुगेका थिए । परिवारजना र आफन्तहरुलाई सान्त्वना दिन लोटा पुगेका उनी आफैलाई सम्हाल्न सकेका थिएनन् ।

मन्त्री महतो संविधानसभा सदस्य हुँदा राजन उनको निजी सचिवालयमा रहेर काम गरेका थिए । राजनको परिवारसँग आफ्नो पारिवारिक सम्बन्ध समेत रहेको मन्त्री महतोले बताए ।
अहिले मृतकका परिवारलाई सान्त्वना दिन मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो लोटा गाउँ पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.