शववाहन व्यवस्थापनका लागि रिक्साकै सहारा

शववाहन व्यवस्थापनका लागि रिक्साकै सहारा

महोत्तरी : संघिय सरकारको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भएको २४ घण्टा नवित्दै गौशालामा व्यक्तिको शवको व्यवस्थापनको निम्ति रिक्सा प्रयोग भएको पाईएको छ।

गौशाला नगरपालिका-५ निगौल गाई गौशालाको सडक छेउमा स्थानीय ५० वर्षिय फगुनिया सदा मुसहरको गएराति मृत्यु भएको थियो। मृत्यु भएको १८ घण्टापछि उनको परिवारले रिक्साको साहारामा मृतकको शव व्यवस्थापन गरिएको हो।

नगरपालिकामा शववाहनको व्यवस्थापन नभएकै कारण आर्थिकरुपले विपन्न रहेको मुसहरको परिवार रिक्शाको सहारा लिन वाध्य भएको स्थानीय दलित अधिकारकर्मी रन्जित कनौजियाले बताए। उनले भने, ‘प्रहरीले घटनास्थलमा गएर मुचुल्का उठाएर फर्कियो। शव व्यवस्थापनको निम्ति कुनै सरोकारवाला निकायले चासो देखाएनन्। अनि वाध्य भएर उनको परिवारले जसोतसो शव व्यवस्थापनमा जुटेका हुन्।

कनौजियाले अगाडि थपे, ‘निगौल गाई गौशालाको व्यस्त सडकको पेटीमा मान्छे मर्दासमेत गौशालावासीमध्ये कसैको ध्यान नजानु दु:खद छ। देशमा तीन तहका सरकार छन् तर मान्छे मरेको १८ घण्टा वित्दासमेत शव व्यवस्थापनको निम्ति कहिकतैबाट पहलकदमी हुन सकेन। जु्न दुखद रहेको छ।’

शव व्यवस्थापनको निम्ति उनका परिवारलाई गौशाला नगरपालिका-५ का नवनिर्वाचित वडाध्यक्ष ओमप्रकाश गुप्ताले ५ हजार सहयोग गरेको कनौजियाले जानकारी दिएका छन्।

गरिबी र अज्ञानताको कारण दिनभरि नै रक्सी खाएर मातिदैं हिड्ने मृतक मुसहर प्रायः सोही सडकको छेउमा रातिको समयमा आश्रय लिदै आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.