तारा एयरको जहाज दुर्घटना : २२ जनाकै शव भेटियो

तारा एयरको जहाज दुर्घटना : २२ जनाकै शव भेटियो

जोमसोम : पोखराबाट जोमसोमका लागि उडेको जहाजमा सवार २२ जनाकै शव भेटिएको छ। तारा एअरको ९ एनइटी जहाज दुर्घटना भएको तेस्रो दिन बिहान बेपत्ता एउटा शव भेटिएसँगै २२ पुगेको हो।

बेपत्ता भएको शव समेत फेला परेको सामाजिक अभियान्ता एवं उद्दारमा खटिएका पर्यटक गाईड ईन्द्रसिंह शेरचनले घटनास्थलबाट अन्नपूर्णलाई जानकारी दिए। यसअघि दुर्घटनाको दोस्रो दिन जहाजमा सवार २२ जनाको मृत्यु भएको पुष्टि गरिएपनि २ वटा शव निकाल्न सकिएको थिएन। कोवाङ नाउरिकोट माथिको शिर सानुसरे पहाडको खोंचमा अड्किएर बसेका शव र पहाडको तल खोलामा छेउमा रहेको शव पनि बाहिर निकाल्न सफल भएको नेपाल नेशनल माउन्टेन गाईड एशोसियसनका पेम्बा तेन्जिङ लामाले जानकारी दिए। योसंगै तारा एअर जहाज दुर्घटनामा परेका सबै जनाको शव संकलन गर्ने काम सकिएको उनले बताए।

पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परी मृत्यु भएको १० शव सोमबार काठमाडौं  पुर्‌याइको छ भने संकलन गरिएको १० शव सानुसरे पहाडबाट माउन्टेन हेलीमार्फत थासाङको कोवाङमा ल्याईएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। उनले बेपत्ता १ शव पनि फेला परेको र खोंचमा अड्किएको शव पनि बाहिर निकाले कोवाङमा ल्याउने तयारी भइरहेको बताए। बाँकी रहेको १२ वटै शव कोवाङमा जम्मा गरी काठमाडौं पठाइने सशस्त्र प्रहरी नायव उपरिक्षक मोहनजंग कार्कीले जानकारी दिए।

आइतबार मुस्ताङको थासाङ–२ को सानुसरे पहाडमा तारा एअरको जहाज दुर्घटना भएपछि काठमान्डौंबाट नेपाल नेशनल माउन्टेन गाईड एशोसियनका १० जना माउन्टेन गाईड ,तारा एअरको कोअर्डिनेटर एवं तारा एअर स्टेशन म्यानेजर राप्के शेर्पा, तारा एअरका कर्मचारी पेम्वा छिरि शेर्पा र मुस्ताङको यात्रुको सारथी ईन्द्रसिंह शेरचनको टोलीले शव निकाल्ने उपकरण सामग्रीसहित दुर्घटनाक्षेत्रमा अहोरात्र खटिएका थिए। यस्तै,रितेन टसी शेर्पा, कमी धोर्जे शेर्पा ,पासाङ नुरु शेर्पा ,ओङ्छु शेर्पा र नरेन्द्र शाहीसहितको टिम पनि कार्यक्षेत्रमा खटिएको थियो। उनीहरुले कुनै शुल्क नलिने गरी कम्पनीको निर्देशनमा दुर्घटना क्षेत्रमा पुगेर शव संकलनमा जुटेको तारा एअरका कोअर्डिनेटर राप्के शेर्पाले जानकारी दिए। उनीहरुले दुर्घटनाक्षेत्र पत्ता लगाउने , माउन्टेन हेलीलाई समन्वय गर्ने र र शव बडी रिकभरी गर्ने लगायतका काम गरे। 

जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेना,सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीयबासीले समेत दुर्घटनाक्षेत्रमा पुगेर शव संकलन गर्न खटेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.