पाटनमा विद्यार्थी, सदरमुकाममा शिक्षक
मुगु : जेठ १६ गतेबाट जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाँउपालिका—१ र २ मा पर्ने पाटन क्षेत्रमा पाईने यार्सा सकंलनका लागि सर्वसाधारणलाई खुल्ला गररेपछि गाँउपालिकाका अधिकांस विद्यालयमा अध्ययनरत विद्यार्थीहरु यार्सा संकलनका लागि पाटन क्षेत्रमा पुग्दा विद्यालय बन्द गरेर शिक्षकहरु सदरमुका पुगेका छन्।
एक महिनाकालागि मुगुम कार्मारोङ गाँउपालिका—१ डोल्पु र २ मुगु गाँउका पाटन क्षेत्रमा यार्सा संकलन गर्न गाँउपालिकाले सर्वसाधरणका लागि खुल्ला गर्दा गाँउपालिका भित्रका आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु पाटन क्षेत्रमा जाँदा शिक्षकहरु बिद्यालय बन्द गरेर सदरमुकाममा झर्न थालेका हुन्।
समुन्द्रि सहतबाट ४ हजार ५ सय देखि ५ हजार २ सय मिटर उचाई रहेको पाटन क्षेत्रमा यार्सा संकलनकालागि हरेक वर्ष विद्यार्थीहरु एक महिनासम्म पढाई छोडेर आफ्ना अभिभावकसँग मुगुम गाँउका रिमार, छापाखोला, चाल्ने, ठूलो कोखी, स्याने कोखि, च्यार्कु सोही गाँउपालिक—२ को डोल्पु क्षेत्रमा पुग्ने गर्छन्।
गाँउपालिकाले अगिल्ला दुई वर्ष कोभिडका कारण यार्सा सकंलन रोक लगाएको थियो।