मुस्ताङमा भारतीय पर्यटकको लेक लागेर मृत्यु

मुस्ताङमा भारतीय पर्यटकको लेक लागेर मृत्यु

जोमसोम : मुस्ताङको मुक्तिनाथ दर्शनका लागि आएका एक भारतीय पर्यटकको लेक लागेर मृत्यु भएको छ। भारतको तामेलनाडु घर भएका ७४ वर्षीय केभिएम पाट्थ सारथीको स्वास प्रस्वासमा अचानक समस्या आएपछि मुक्तिनाथबाट जोमसोम अस्पताल ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

भारतबाट १७ जनाको समूहसहित बसमा चढेर मुस्ताङ आएका उनीहरु बुधबार मुक्तिनाथ पुगेका थिए। मुक्तिनाथको होटलमा बाँस बस्ने क्रममा स्वास प्रस्वासमा समस्या आएपछि भारतीय पर्यटक सारथीलाई जोमसोम अस्पताल ल्याईएकोमा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीलाई जानकारी दिए।

मृतक भारतीय पर्यटकको शव जोमसोम अस्पतालमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.