स्थानीय तह स्वमूल्यांकनमा मुस्ताङको घरपझोङ गाउँपालिका प्रथम

स्थानीय तह स्वमूल्यांकनमा मुस्ताङको घरपझोङ गाउँपालिका प्रथम

जोमसोम : स्थानीय तह स्वमूल्यांकन २०७८-०७९ को नतिजामा मुस्ताङको घरपझोङ गाउँपालिका जिल्ला स्तरमा प्रथम भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रबर्द्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याएको स्थानीय तह स्वमूल्यांकन (एलआईएसए) नतिजा लिजामा घरपझोङ गाउँपालिका पहिलो भएको हो।

स्थानीय तहको संस्थागत स्वमूल्यांकनमा प्रथम भएको मुस्ताङको घरपझोङ गाउँपालिकाले ४५ दशमलव २५ अंक पाएको छ। त्यस्तै थासाङ गाउँपालिकाले ४३ प्रतिशत, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले ४१ दशमलव ७५ प्रतिशत,लोमान्थाङ गाउँपालिकाले ४१ दशमलव ०५ प्रतिशत र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले ३४ दशमलव २५ प्रतिशत अंकभार प्राप्त गरेको छ।

मन्त्रालयले स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धीको बारेमा लेखाजोखो गरी सवल र दुर्बल पक्षहरुको पहिचान गर्ने, विकास र सुशासनमा रहेका कमीकमजोरीहरुको जानकारी दिने उद्देश्यले स्थानीय तहका लागि स्वमूल्यांकन प्रणाली लिजा कार्यान्वयनमा ल्याएको घरपझोङ गापाकी लिजा फोकल पर्सन सुजिता थकालीले जानकारी दिइन्।

स्थानीय तहको आवधिक समिक्षाको आधार प्राप्त गर्न, योजना तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधार गरी स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयले स्थानीय तहका १० वटा विषयगत क्षेत्र र भारमा सय सूचक राखिएको हुन्छ।

स्थानीय तहको प्रबन्ध,संगठन तथा प्रशासन, वार्षिक बजेट तथा व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय लगायतका प्रश्नावलीहरुमा स्थानीय तहले स्वमूल्यांकन गरी जिल्ला प्रणालीमा इन्ट्री गर्नुपर्ने घरपझोङकी लिजा फोकल पर्सन थकालीले उल्लेख गरिन्। यसरी इन्ट्री गर्दा विषयगत प्रतिवेदनसहित तथ्यहरुसमेत पेस गर्नुपर्ने फोकल पसर्न थकालीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.