मटिहानीको तसमैया बाबा पार्कमा वृक्षारोपण
महोत्तरी : महोत्तरीको मटिहानी नगरपालिकामा वृक्षारोपण गरिएको छ। विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय महोत्तरीले मटिहानीस्थित तसमैया बाबा पार्कमा वृक्षारोयण गरिएको हो।
विभिन्न जातका करीब ५० वटा बिरुवा रोपिएको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ। रोपिएका बिरुवाहरुमा रुद्राक्ष, गोलमोहर लगायत १०(दश) प्रजातीका रहेका छन्।
वृक्षारोपण कार्यक्रमको शुभारम्भ मटिहानी नगरपालिकाको नगरप्रमुख हरिप्रसाद मण्डलले वृक्षारोपणले वातावरणमा सहयोग पुग्ने बताएका छन्।