वर्दिवासका युवा लागुऔषध दुव्र्यसनविरुद्ध अभियानमा संगठित हुँदै

वर्दिवासका युवा लागुऔषध दुव्र्यसनविरुद्ध अभियानमा संगठित हुँदै

महोत्तरी : महोत्तरी वर्दिवासका युवाहरु लागुऔषध एवम् दुव्र्यसनविरुद्ध संगठित भएका छन् । 

पछिल्लो समयमा आएर स्थानीय युवाहरु संगठित भएर ‘सबैका लागि, सधैंका लागि’अभियानमार्फत लागुऔषध एवम् दुव्र्यसनविरुद्ध जनचेतना जगाउँदै आएका छन् । 

वर्दिवास नगरपालिकाका पूर्ववडाअध्यक्ष फल्गुनी सुस्लिङ्गको नेतृत्वमा युवाहरु ठाँउठाँउमा एकीकृत भएर समाजमा जनचेतना जगाउने कार्यमा तत्लिन देखाएका छन् ।

समयमै दिशानिर्देश नपाएकै कारण युवाहरु सफलता पाउन नसकेको अर्का युवा रवि निरौलाले बताए । अब हामी क्रमिकरुपमा यस अभियानलाई हरेक वस्तीमा लगेर जनचेतनामुलक सन्देश सम्प्रेषण गर्ने निरौलाले जानकारी दिए । 

युवाअवस्थामै लहलहमै लागेर कुलतमा फसेका युवाहरुलाई केन्द्रित गर्दै आफूहरु निःस्वार्थमा रुपमा संगठित भएको पूर्ववडाअध्यक्ष फल्गुनी सुस्लिङ्गले जानकारी दिए । 

सुस्लिङ्गले भने, 'प्रायः वाहरबाट शिक्षा लिनका लागि आएका युवाहरु यसको शिकार हुँदै गएको छ । त्यस्ता युवाहरुलाई बचाउनका लागि आफूहरु अभियान संचालन गरेको छु । यसमा सबैको सहयोगको आवश्यक रहेको छ । हरेकको सहयोग गरे यी अभियान निश्चित रुपमा सफलता हाँसिल गर्नेछ ।'

हरेकलाई यस अभियानमा सकारात्मक सोचका साथै सबैको हातेमालेको आवश्यकता रहेको पूर्वमेयर विदुरकुमार कार्कीले जोड दिए ।

 उनले भने, ‘यसभन्दा अगाडि पनि वर्दिवास नगरपालिकाले यस सम्बन्धमा सम्बन्धित सरोकारवाला निकायसमक्ष ध्यानाकर्षण गराइसकेको छ । फलस्वरुप गौशालामा प्रदेशस्तरीय सुधारगृहको निर्माण हुनु यसैको प्रतिफल रहेको छ । सडकको सुलभ व्यवस्था भएपछि वर्दिवास लगायतका युवाहरु सिमावर्तीक्षेत्रबाट लागुऔषध खरिद गरि प्रयोग गर्दै आएको छ । अव यस अभियानमा प्रहरी प्रशासनको समेत सकारात्मक भूमिकाको आवश्यकता रहेको छ ।'

वर्दिवास नगरपालिकाको कार्यालयले यस अभियानमा हरेकपक्षले सहयोग गरिने वर्दिवास नगरपालिकाका नवनिर्वाचित मेयर प्रल्हादकुमार क्षेत्रीले बताए । मेयर क्षेत्रीले भने, 'युवाको यस सकारात्मक अभियानमा नगरपालिकाको साथ रहनेछ । अगामी केही दिनमै प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा जिल्लाका १५ वटै पालिका प्रमुखलाई छलफलमा सहभागी गराउनेछु । सोही निष्कर्ष अनुसारको कार्यान्वयन गर्नका लागि वर्दिवास नगरपालिका तयार रहेको छ ।’ 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.