जिसस जाजरकोटमा एमाले ‘क्लीन स्वीप’

जिसस जाजरकोटमा एमाले ‘क्लीन स्वीप’

जाजरकोट : जिल्ला समन्वय समिति जाजरकोटको बुधबार सम्पन्न निर्वाचनमा गठबन्धनको तर्फबाट समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका कालीबहादुर खत्री र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दलबहादुर सिंह निर्वाचित भएका छन्। अन्य सदस्य पनि गठबन्धनकै निर्वाचित भएका छन्।

कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेपछि जिल्ला समन्वय समितिमा एमाले क्लीन स्वीप भएको छ। समन्वय समितिमा कांग्रेसका खत्री निर्विरोध निर्वाचित भएका हुन्। उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्। अन्य पदमा भने निर्वाचन भएको थियो।

उपप्रमुखमा माओवादी केन्द्रका सिंहले ११ मत प्राप्तगरी विजयी भएका थिए भने निकटतम प्रतिस्पर्धी एमालेका गोरे कार्कीले ३ मत प्राप्त गरेका थिए। त्यस्तै सदस्यमा नेपाली कांग्रेसका खड्कबहादुर बुढा, चित्रप्रसाद शर्मा, जितबहादुर रोकाय, बिन्दु शाही र पानससिंह विजयी भएका छन्। त्यस्तै सदस्यमा माओवादी केन्द्रका नन्दकला बिक र विनिता नेपाली विजयी भएका छन्। विनिता निर्विरोध निर्वाचित भएकी हुन्।

गठबन्धनका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका मोहन पुन भने पराजित भएका छन्। उनको ठाँउमा काँग्रेसकै बागी उम्मेदवार जितबहादुर रोकायले जितेका छन्। जिल्ला समन्वय समितिको निर्वाचनका लागि सात पालिकाबाट प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी १४ जना भोटर रहेकोमा काँग्रेसका सात, माओवादी केन्द्रका चार र एमालेका तीन जना मतदाता रहेका थिए। निर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृत यज्ञराज आचार्यले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.