रारा बहुमुखी क्याम्पसमा अक्ष्यकोष स्थापना
मुगु : रारा बुहमुखी क्याम्पसमा स्नातकतर्फ अध्यनरत दुई जना गरिब तथा जेहन्दार र दलित विद्यार्थीका लागि छात्रावृत्ति उपलब्ध गर्न पूर्व क्याम्पस प्रमुखले आफ्ना बुबा-आमाको नाममा अक्षयकोष स्थापना गर्ने भएका छन्।
शुक्रबार मध्यपश्मि विश्व विद्यालयका उपकूलपति प्राडा नन्दबहादुर सिंह, रजिष्ट्रार प्राडा नारायणप्रसाद पौडेल लगायतको उपस्थितमा रारा बहुमुखी क्याम्पसले आयोजना गरेको छलफल कार्यक्रममा पूर्व प्रमुख डम्बर रावलले बुबा पदमबहादुर रावल र आमा हीरामति रावलको नाममा प्रत्येक वर्ष एक लाख रुपैँयाको अक्ष्यकोष स्थापन गर्ने भएका हुन
कार्यक्रममा उनले क्याप्मसलाई १ लाखको चेकसमेत हस्तान्तरण गरेका थिए। क्याम्पस प्रमुख सुशील कुमार भामले अक्ष्यकोष कार्यविधि निमार्ण गरिने बताए। 'कार्यविधि निमार्णपश्चात् बैंकमा जम्मा भएको उक्त रकमको ब्याजबाट दुई जना गरिब जेहन्दार तथा दलित गरी दुई जना विद्यार्थीलाई प्रत्येक वर्ष ४ हजार ५ सयका दरले छात्रबृत्ति उपल्बध गराउँछौं,' उनले भने।