बोक्सी आरोपमा निर्घात कुटपिट

बोक्सी आरोपमा निर्घात कुटपिट

जनकपुरधाम : महोत्तरी धबौलीकी ५६ वर्षीया कालो देवी बिहीबार घरकै काममा व्यस्त थिइन्। बिहान करिब ११ बजे छिमेकी भुलन रामकोमा बोलाइयो। तीन दिन अगाडिमात्रै बिहे भएर आएकी रामकी कान्छी बुहारीलाई भूत लाग्यो निको पारिदिन भन्दै उनलाई बोलाइएको थियो। उनी घरको काम छाडेर एक्लै छिमेकीको घर गइन्। तर, त्यहाँ उनलाई झुक्याएर कुटपिट भयो।

कालोलाई भुलन र श्रीमती, उनका भाइ तिलेवर राम र रवि रामसहितले घेरा हालेर कुटपिट गरेको उनी बताउँछिन्। ‘तैले मेरो घरमा भूत लगाएकी छेस् त्यो भूतलाई भगा नत्र तँलाई मार्छु,’ भने उनले भनिन्। बोक्सीको आरोप लगाएर कुटपिट भएको पीडित कालो बताउँछिन्। 

भुलनले लुगा च्यातेर निर्वस्त्र गर्दै कुटपिट गरेको पीडितको भनाइ छ। वृद्ध शरीरमा निर्घात कुटपिट हुन थालेपछि केही बेरमै कालो बेहोस् भएकी थिइन्। ‘हम कुछो नै कैलियै हमर कोनो दोष नहै (मैले केही गरेको छैन। मेरो कुनै दोष छैन्),’ जनकपुरस्थित जानकी हेल्थ केयर अस्पतालको सर्जिकल वार्डमा भर्ना भएकी कालो अस्पतालको शय्यामा पटकपटक बर्बराउँदै बोल्छिन्। कुटपिटले ओठ र मुख सुनिएको हुँदा उनी खुलेर बोल्न सकिराखेकी छैनन्। 

‘म केही बेर अझ ढिला पुग्थे भने आमालाई मलमूत्र खुवाइसकेका हुन्थे,’ कालोका छोरा १९ वर्षीय अमित महतोले घटना सुनाउँदै भने, ‘म ट्र्याक्टर चालकको काम गर्छु घटना भएको दिन पनि बिहानै खेतमा माटो पुर्न हिँडेको थिएँ। एक्कासी घरबाट दिउँसो १ बजेतिर फोन आयो आमालाई कुटपिट भयो भनेर। म त सबै कामकाज छाडेर घर भागे यहाँ आउँदा त ठूलो भीड जम्मा भएको थियो। छिमेकी राम परिवारले आमालाई नांगै पारेर कुटिरहेका थिए। म र मेरा साथीहरू बचाउ गर्न जाँदा हामीलाई गाली दिँदै हुत्याए। पछि उनीहरूले मलमूत्र खुवाउने हो हल्ला गरेपछि मैले प्रहरीलाई फोन गरें।’

भुलनले लुगा च्यातेर निर्वस्त्र गर्दै कुटपिट गरेको पीडितको भनाइ छ। वृद्ध शरीरमा निर्घात कुटपिट हुन थालेपछि केही बेरमै कालो बेहोस् भएकी थिइन्।

कुटपिटबाट कालोको मुख, आँखा, घाँटी, हात, कम्मर र टाउँकोमा चोट लागेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। कालो गाउँघरमा धामीको रूपमा चर्चित छिन्। कसैलाई गाह्रोसाह्रो परे जानेको सहयोग गर्छिन्। ‘दिदीले सबैलाई आशीर्वाद दिनुहुन्थ्यो। कहिले कसैको कुभलो गर्नु भएको छैन तर, यसरी उनलाई भूत लगायो भनेर कुटपिट गर्नेलाई हदैसम्मको कार्बाही हुनुपर्छ,’ बहिनी पानोदेवी महतोले भनिन्, ‘एउटा महिलालाई सारा समाजको अगाडि यसरी कुट्दा र मलमूत्र खुवाउनै लाग्दा पनि समाजका मान्छेहरू मूकदर्शक बन्नु आफैंमा लाजमर्दो कुरा हो। यस्तो अन्याय कसैलाई कहिल्यै नहोस्।’

प्रहरीले घटनाका विषयमा जानकारी पाउनसाथ तत्कालै पुगेर पीडितको उद्धार गरी भुलन रामलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताए। ‘घटनामा संलग्न मुख्य अभियुक्त हाम्रो नियन्त्रणमा छ अब पीडित पक्षले के जाहेरी लिएर आउँछ सोही आधारमा मुद्दा दर्ता गरी कार्बाही र अनुसन्धान प्रक्रिया अघि बढाउने छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.