स्पष्ट नीति र योजना अभावले मुलुक समृद्धितर्फ लम्कन सकेन : मुख्यमन्त्री राउत

स्पष्ट नीति र योजना अभावले मुलुक समृद्धितर्फ लम्कन सकेन : मुख्यमन्त्री राउत

महोत्तरी :  सरकारीपक्षको स्पष्ट नीति र योजनाकै कारण मुलुक समृद्धितर्फ लम्कन नसकेको मधेश प्रदेशका मुख्यमन्त्री मो लालबाबु राउतले बताएका छन् । शनिबार वर्दिवासमा महोत्तरी चेम्बर अफ कमर्शले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रमकाबीच मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।

पछिल्लो समयमा आएर स्वदेशमा आवश्यक स्रोत साधनलाई उपयोग गरेर स्वरोजगारीको वातावरण निर्माणका लागि तिनैतहका सरकार असफल भएको मुख्यमन्त्री राउतले स्पष्ट पारे । राउतले भने, ‘आर्थिक उन्नतीको सवालमा सरकारले स्पष्ट नीति र साधन, स्रोतको व्यवस्थापन गर्नुपर्थ्यो तर त्यसो हुन सकेन । जसको कारण हजारौं युवा बर्सेनी विदेशिन बाध्य छन् । अब सरकारले ती युवा केन्द्रित कार्यक्रम ल्याएर स्वदेशमा रोजगारीको प्रबन्ध गर्नु आवश्यक छ ।’

मधेश प्रदेश सरकारले पछिल्लो समयमा निर्माण गरेको ऐन र नीति संघीय सरकारकै कारण कार्यन्वयन हुन नसकेको राउतले आरोप लगाएका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्रवर्द्धन गर्नका निम्ति सरोकरवालापक्षको भुमिका आवश्यक रहेको नेपाल चेम्बर अफ कर्मशका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले बताएका छन् । अध्यक्ष श्रेष्ठले कृषिमा आधारित रहेको मधेश प्रदेशको योजना र बजेट पनि कृषिमैत्री ल्याउनका लागि मुख्यमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

सोहीबीच बर्दिवास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले नगरका युवालाई सहुलियत दरमा ऋण उपलब्ध गराएर विदेशिनुबाट रोक्ने योजना सुनाए । खासगरि कृषिमा आधारित बजेट ल्याएर युवा केन्द्रित कामकाज यसबर्ष नगरभरिमा गरिने नगरप्रमुख क्षेत्रीले उदघोष गरेका हुन् । नगरप्रमुख क्षेत्रीले बर्दिबासका विकासका निम्ति प्रदेश सरकारको भुमिका अनिवार्य भएकोले सकारात्मक भुमिका निर्वाह गरिदिनका लागि मुख्यमन्त्रीसमक्ष अनुरोध गरेका हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.