महोत्तरीमा अनाथ बालआश्रम भवनको शिलान्यास

महोत्तरीमा अनाथ बालआश्रम भवनको शिलान्यास

महोत्तरी : महोत्तरीको गौशालामा एक समारोहकाबीच अनाथ बालआश्रमको शिलान्यास गरिएको छ। सोमबार एक समारोहकाबीच गौशाला नगरपालिका-२ मा रहेको निगौल ठाकुर पोखरीको डिलमा सो भवनको शिलान्यास गरिएको हो।

गौशाला नगरपालिकाका प्रमुख डा. दिपेन्द्र महतो र सन्त कबिर बालआश्रम जनकपुरका संचालक सत्यनारायण आलोकले संयुक्त रुपमा सो भवनको शिलान्यास गरिएको हो।

३ करोडको लागतमा निर्माण हुने सो भवन सुविधा सम्पन्न रहने जसपाका नेता एवम् समाजसेवी लक्ष्मी महतोले जानकारी दिएका छन्। संघिय सरकार, प्रदेश सरकार, स्थानिय सरकार लगायत विभिन्न दातृ निकाय एवम् समाजसेवीवाट प्राप्त आर्थिक सहयोगमा सो भवन निर्माण हुने सो भवनको निर्माण कार्य तीन बर्षको अवधिमा हुने नेता महतोले बताए। यस भवनमा समाजमा अनाथ रुपमा रहेका वालवालिकालाई हरतवरले पालनपोषण एवम् रेखदेख तथा संरक्षण गरिने नेता महतोले बताए।

गौशालाको निगौल ठाकुर पोखरीलाई सौन्र्यीकरण गरिनुको साथै सो स्थानमा वृद्धाआश्रम, धर्मशालाको समेत निर्माण गरिने महतोले योजना सुनाएका छन्। सो निर्माणाधीन भवनको हर तवरले सहयोग एवम् संरक्षण गरिने कार्यक्रमकाबीच नेता समाजसेवी महतोले स्वघोषणा गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.