वीरगन्ज-२४ का वडा सदस्य यादवको मृत्यु

वीरगन्ज-२४ का वडा सदस्य यादवको मृत्यु

वीरगन्ज : वीरगन्ज महानगरपालिकाको वडा नम्बर २४ का वडा सदस्य कृष्ण कुमार यादव(सन्त) को मृत्यु भएको छ।

गत जेठ २० गते मकवानपुरको गढी गाउँपालिकाको जिपलाइनस्थित कान्तिलोकपथ सडक खण्डमा भएको सवारी दुर्घटना परी घाइते भएर उपचार गराइ रहेका ३७ वर्षिय यादवको मंगलबार राति मृत्यु भएको हो।

चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार गराइ रहेका यादवलाई थप उपचारका लागि मंगलबार राति काठमाडौं लैजाने  क्रममा बाटोमै मृत्यु भएको हो।

यादव जनता समाजवादी पार्टी(जसपा) बाट स्थानीय तह निर्वाचन २०७९ मा वडा सदस्यमा निर्वाचित भएका थिए।

वीरगंज महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनको दुई दिन पहिले जसपाले आफ्ना जनप्रतिनिधीहरुलाई घुमाउन मकवानपुरगढी लगेको थियो।

मकवानपुरगढीको रिसोर्टमा दुई दिन बसेर कार्यपालिकाको निर्वाचनका दिन जेठ २० गते  बिहानै वीरगन्ज फर्कने क्रममा यादवसहितका जनप्रतिनिधीहरु सवार ना ४ च ६४३६ नम्बरको बोलेरो पिकअप गाडी गढी गाउँपालिकाको जिपलाइनमा अनियन्त्रीत भई दुर्घटना हुँदा यादवसहित ८ जना घाइते भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.