सामुदायिक विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री

सामुदायिक विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री

स्याङ्जा : वालिङ नगरपालिका-९ स्थित भुम्रे माध्यमिक विद्यालयमा अध्ययनरत २ सय ५३ जना छात्रछात्रालाई किताब बोक्ने झोला, कापी कलम र स्वास्थ्य सामाग्री वितरण गरिएको छ।

चाईना फाउण्डेशन फर पोभर्टी एलिभेसनको आर्थिक सहयोग र ग्लोबल कोअपरेशन फर डेभलपमेण्टको समन्वयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीको पहलमा ती बालबालिकालाई सामाग्री उपलब्ध गराइएको हो।

शिशु कक्षादेखि ८ कक्षासम्मका बालबालिकालाई ती सामाग्री प्रदान गरिएका हुन। सामग्री हस्तान्तरण गदै नेतृ तिवारीले स–साना बालबालिकालाई पढाईतर्फ थप आकर्षित गर्ने उद्धेश्यले सामाग्री उपलब्ध गराइएको बताईन्। उनले भनिन्, ‘विपन्न अभियानकारुपमा विभिन्न सामुदायिक विद्यालयहरुमा सञ्चालन गर्ने भएका छौं। यसले झोला र शैक्षिक सामाग्री अभावका कारण बिद्यालय आउन नसक्ने बालवालिकालाई राहत एवं सहयोग हुनेछ।’

अभियानलाई वालिङ, गल्याङ, भीरकोट नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा पनि पुर्याईने उनको भनाई छ। कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, संयोजक सुरेश प्याकुरेल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद उपाध्याय, प्रधानाध्यापक तिलक पराजुलीलगायतले यस्ता कार्यक्रम सामुदायिक विद्यालयमा अध्ययरत बालबालिकाका लागि उपयोगी हुनेमा जोड दिए।

वालिङ नगरपालिकाका ११ विद्यालयका १ हजार २५९ बालबालिकालाई झोला, शैक्षिकसहित स्वास्थ्य सामाग्री, छातालगायतका २१ प्रकारका विभिन्न सामाग्री वितरण गरिने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.