मिथिलाको नीति : ‘हेल्लो सिस्टर’ देखि उज्यालो नगरसम्म

मिथिलाको नीति : ‘हेल्लो सिस्टर’ देखि उज्यालो नगरसम्म

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकाले अगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ। नगरसभाको १० औं अधिवेशनमा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले अगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छन्।

ढल्केवरस्थित कर्बड हलमा मेयर महतोको अध्यक्षतामा आयोजित नगरसभाको उद्घाटन सत्रमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद व्यवस्थापन र सुशासन तथा संस्थागत विकास नीति लगायतको शीर्षकमा विभिन्न क्षेत्रमा नयाँ कार्यक्रमहरु समेटिएको छ।

यस वर्ष नगरपालिकाले ‘हाम्रो मिथिला हाम्रो शान : समृद्ध नगर हाम्रो अभियान’ नारा अघि सारेको छ। नीति कार्यक्रम प्रस्तुत गर्दै मेयर महतोले ‘हाम्रो मिथिला हाम्रो शान : समृद्ध नगर हाम्रो अभियान’ लाई मूर्तरुप दिन असिमित सम्भावनाहरुलाई सदुपयोग गर्दै सम्मुन्नत नगर निर्माणका लागि यो नीति कार्यक्रमले नगर विकासको लागि कोशेढुंगा सावित हुन्छ भन्नेमा विश्वस्त रहेको बताएका छन्।

‘हेल्लो सिस्टर’ कार्यक्रमदेखि ढल्केवर–रानीवास सडकको डिपिआर तयार गर्नेसम्मको नयाँ कार्यक्रमहरु नीति कार्यक्रममा समावेश गरिएको छ। कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास लगयतको क्षेत्रमा विशेष जोड दिइएको छ।

जैविक खेतीलाई प्रोत्साहन गर्न अर्गानिक मलको प्रयोगलाई प्रोत्साहन गरिने, माटोको उर्वाराशक्ती पहिचान गरी सोही अनुसारको खेतीलाई प्रोत्साहन गर्न माटो परिक्षण ल्याबको स्थापना गरिने, स्थानीय उत्पादनको बजार प्रबद्र्धन गर्न ब्राण्डिङ गर्ने नीति लिइने जस्ता बुँदाहरु उल्लेख छ।

शिक्षित तथा दक्ष जनशक्ती स्थानीय स्तरमै उत्पादन गर्न स्नातक तहको अध्ययन गर्ने क्याम्पस सञ्चालन गरिने लिइएको मेयर महतोले बताए। प्राविधिक तथा सीपमुलक शिक्षाको अवसर प्रदान गर्न सामुदायिक मावि विद्यालयहरुमा प्राविधिक शिक्षा पठनपाठन हुने कार्यको व्यवस्थापन गरिने उनको कथन छ।

हेल्लो सिस्टर कार्यक्रम मार्फत गर्भवती महिलाको नियमित जाँच तथा खोप कार्यक्रमलाई निरन्तरता दिइने मेयर महतोले बताए। नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक हकलाई सुदृढिकरण गर्न फैमिली हेल्थ प्रोफाइल तयार गर्दै ढल्केवर स्वास्थ्य चौकीमा २४ घण्टे इमर्जेन्शी सेवा संचालन गरिने योजना रहेको उनले सुनाए।

१५ शैयाको अस्पताल तथा ढल्केवरमा ट्रमा सेन्टर स्थापना हुने कार्यका लागि संघिय सरकारसँग आवश्यक समन्वय गरिने, मानसिक स्वास्थ्य परामर्श कार्यक्रम संचालन गरिने, स्वास्थ्य चौकीहरुको भौतिक मर्मत तथा क्रमागत रुपमा प्रयोगशाला स्थापना तथा स्तरोन्नती गरिने लगायतको स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको नीति लिइएको मेयर महतोको भनाई छ।

यस्तै मिथिला सागर पोखरीयालाई स्तरोन्नती गरी आम्दानीमुलक बनाइने, पर्यटकिय स्थलहरुको सम्भाव्यता अध्ययन गर्ने कार्यको थालनी गरी धनेश्वर महादेव मन्दिर पर्यटन विकास क्षेत्रको निर्माण गरिने नीति कार्यक्रममा उल्लेख छ। चमिनीमाई, औरही बाबा जस्ता मठमन्दिर, धार्मिक स्थलहरुको डिपिआर गरिने योजना रहेको मेयर महतोले जनाए। एक वडा एक पार्क निर्माण कार्य थालनी गरिने कार्यक्रम पनि रहेको उनले सुनाए।

५७ करोडको बजेट सार्वजानिक

अगामी आर्थिक वर्ष २०७९/८० का लागि मिथिला नगरपालिकाले अनुमानित ५७ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले अगामी आर्थिक वर्षका लागि ५७ करोड ३ लाख ५४ हजारको अनुमानित बजेट नगरसभामा प्रस्तुत गरेको छ।

मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७९/८० का लागि अनुमानित आयव्ययमा संघीय सरकारको समानिकरण र नगद अनुदान तर्फ १५ करोड ४४ लाख, शसर्त अनुदान चालु र नगद तर्फ २२ करोड ५३ लाख, अर्को शसर्त अनुदान चालु र नगद तर्फ २० करोड ४० लाख आय हुने अनुमान गरिएको छ।

यस्तै शसर्त अनुदान पुँजीगततर्फ ३ करोड ३५ लाख, समपुरक अनुदान पुँजीगततर्फ १ करोड ५० लाख, विशेष अनुदान २५ लाख अनुमानित आय हुने बताएको छ।

यसैगरी प्रदेश सरकारको राजस्व बाँडफाँड तर्फ १२ करोड ३३ लाख ८७ हजार, समानिकरण अनुदान तर्फ १ करोड १२ लाख ६७ हजार, विशेष पुँजीगत अनुदान तर्फ ३० लाख, समपुरक अनुदान तर्फ २० लाख लगायत अन्य गरी जम्मा ५७ करोड ३ लाख ५४ हजारको अनुमानित आय हुने बजेट नगरपालिकाले सार्वजनिक गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.