जंगलमा महिलाको शव फेला : हत्या भएको आशंका

जंगलमा महिलाको शव फेला : हत्या भएको आशंका

जाजरकोट : जाजरकोटमा एक महिलाको शव जंगलमा फेला परेको छ। नलगाड नगरपालिका १ की ४२ वर्षीया भगवति शाही घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेकी हुन्। शव सडेको र गन्हाउन थालेपछि गाँउलेले प्रहरीलाई खवर गरेका थिए। 

मृतकको घर र शव ५० देखि एक सय मिटरको दुरीमा रहेको छ। शवको प्रकृति हेर्दा ती महिलाको मृत्यु वा हत्या एक हप्ताअघि नै भएको प्रहरीको अनुमान छ। 'घटनाको प्रकृति र शवको अवस्था हेर्दा हत्या भएको आशंका गर्न सकिन्छ। हामीले अनुसन्धान गरिरहेका छौं',  जिल्ला प्रहरी प्रमुख डिएस्पी सन्तोष निरौलाले भने, ‘अनुसन्धानकै सिलसिलामा मृतकका पति लेकबहादुर नेपालीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम गरिरहेका छौं। शवलाई जिल्ला अस्पताल ल्याएर पोष्टमार्टम गर्दैछौं। हामीलाई ती महिलाको हत्या नै भएको आशंका छ।'

हाल सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको र अनुसन्धानपछि सत्यतथ्य केही दिनमै सार्वजनिक गर्ने उनले बताए। शव गन्हाउने अवस्थासम्म पुग्दा पनि कुनै खोजतलास नगर्नु र प्रहरीलाई पनि खवर नगर्नुले हत्यामा पतिकै संलग्नताको आशंका गरिएको छ। माइती पक्षले पनि पतिले नै हत्या गरेको हुन सक्ने आशंका गरेका छन्। अहिलेसम्म जाहेरी भने नपरेको डिएस्पी निरौलाले बताए। अन्तरजातीय विवाह गरेकी मृतकका एक छोरा र एक छोरी छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.