पशुपालक किसानलाई बारेकोटले गोठालो भत्ता दिने

पशुपालक किसानलाई बारेकोटले गोठालो भत्ता दिने

जाजरकोट : आगामी साउनदेखि बारेकोट गाँउपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ। १० भन्दाबढी भैसी र एक सयभन्दा बढी भेडाबाख्रा पाल्ने किसानलाई प्रति किसान मासिक २ हजार गोठालो भत्ता दिन लागिएको हो।

आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम र बजेटमार्फत गोठालो भत्ताको ब्यवस्था गर्न लागिएको गाँउपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए। ब्यवसायिक पशुपालनतर्फ किसानलाई अभिप्रेरित गर्न गोठालो भत्ताको ब्यवस्था गरिएको उनले बताए।

बारेकोटमा पशुपालनको प्रचुर संभावना रहेको छ। धेरै जसो भैसी तथा भेडाबाख्रा पालक किसानहरुले वर्षातको समयमा चरनका लागि पशुबस्तु पाटनतिर लैजाने गरेका छन्। बारेकोटको माथिल्लो भूभाग र जुम्लाको सिमानामा पर्ने पाटनमा यतिबेला हजारौको संख्यामा भेडाबाख्रा र सयौको संख्यामा गाईभैसी लैजाने गरिएको छ।

गोठालो भत्ता दिने निर्णय गरेपछि लामो समयदेखि पशुपालन गदै आएका किसान उत्साहित भएका छन्। बारेकोटमा ब्यवसायिक पशुपालन गर्ने किसानको संख्या पाँच दर्जन बढी रहेको अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.